तौल घटाउन र महिनावारी नियमित गराउन टुसा उमारिएको मेथी, अन्य १० फाइदा
सामान्यतयाः मेथी तरकारी तथा खानामा प्रयोग गर्ने गरिन्छ । मेथी गुणकारी खानेकुरा हो । यसको दाना र साग धेरै प्रयोगमा आउने गर्छ । कपाल झर्ने समस्या, मोटोपन घटाउन मेथीको प्रयोग गरिन्छ ।
यति मात्र होइन मेथीलाई भिजाएर टुसा उमारेर सेवन गर्दा यसले मधुमेह, मोटोपन, मुटुको रोग, थाइराइड, उच्च रक्तचाप जस्ता समस्यालाई नियन्त्रण गर्छ ।
मधुमेह नियन्त्रण
अंकुराएको मेथीले रगतमा चिनीको मात्रा नियन्त्रण गर्छ । यसमा हुने एमिनो एसिडले मधुमेह लागेका बिरामीहरुको शरीरमा इन्सुलिनको उत्पादन बढाउँछ ।
महिनावारी गडबढी
महिनावारी अनियमित हुने समस्यामा उमारेको मेथीले निकै फाइदा गर्छ । महिनावारीको समयमा हुने दुखाई, ऐठन, तनाव आदिलाई नियन्त्रण गर्न मद्दत गर्छ ।
स्तनपान
स्तनपान गराइरहेकी महिलाको दूधको मात्रा बढाउन अंकुराएको मेथीको सेवन गर्नुपर्छ । यसमा आइरन, क्याल्शियम, फाइबर, प्रोटिन जस्ता तत्वहरु पाइन्छ ।
मोटोपन घटाउन
यसमा ग्लालेक्टोम्यानन नामक पोलिसाक्साइड हुन्छ । जसले भोकलाई नियन्त्रण गर्छ । र मेटाबोलिज्म बढाउँछ । बिहान उठ्नेवित्तिकै टुसा उमारेको मेथी खाने र रातिको खाना खानुभन्दा ३० मिनेट अगाडि यसको सेवनले तौल नियन्त्रण हुन्छ ।
पेटका लागि फाइदाजनक
यसमा ७५ प्रतिशत फाइबर हुन्छ । जसले गर्दा सजिल्यै पाचन हुन्छ । यसले पेटमा ग्यास्ट्रोइन्टेस्टाइनल प्रणालीलाई पनि सही बनाउँछ । जसले पाचन प्रक्रिया सही तरिकाले काम गर्न थाल्छ । यसले कब्जियत, एसिडिटी जस्ता समस्याबाट बचाइराख्छ ।
मुटु स्वस्थ राख्न
यसले कोलेस्ट्राल मात्रा नियन्त्रण गर्छ । रगतमा ट्राइग्लिसराइड्स नामक फ्याट कम गराउँछ । यसले मुटु रोग मात्र होइन हृदयघातको खतराबाट पनि बचाउँछ ।
आमाशय
यसमा स्यापोनिन नामक तत्व हुन्छ । यसले आमाशयलाई सुरक्षा कवचको रुपमा काम गर्छ । यसले हानिकारक ब्याक्टेरियालाई मार्ने र पेट फुल्ने, ग्यास जम्मा हुने जस्ता समस्याबाट राहत दिलाउँछ ।
ज्वरो
२ चम्चा टुसा पलाएको मेथीमा मह र कागती मिसाएर खाँदा ज्वरोमा फाइदा पुग्छ । यसले ब्याक्टेरियल इन्फेक्शनबाट पनि बचाउँछ ।
क्यान्सरबाट बचाउँछ
हरेक दिन एक कचौरा मेथी खाँदा शरीरमा क्यान्सर प्रतिरोधी गुण बिकास हुन्छ । जसले क्यान्सर लाग्नबाट बचाउँछ ।
रतगको कमि
टुसा पलाएको मेथीमा आइरन हुने भएकाले यसको दैनिक सेवन गर्दा शरीरमा रगतको कमि हुदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म