शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

३९ वर्षकी दिया मिर्जा दोस्रो विवाह गर्दै, पहिलो विवाह पाँच वर्ष चलेको थियो

आइतबार, ०२ फागुन २०७७, १० : १९
आइतबार, ०२ फागुन २०७७

बलिउड नायिका दिया मिर्जा भोलि (सोमबार) अर्थात् १५ फेब्रुअरीमा विवाह बन्धनमा बाँधिने भएकी छिन् । उक्त विवाह समारोहमा नजिकका आफन्त र साथीभाइको उपस्थिती हुने बताइएको छ ।

दियाले बैभव नामका मुम्बईका एक व्यापारीसँग विवाह गर्न लागेको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।  उनी बान्द्राको पाली हिल एरियामा बस्छन् । यी दुई केही समयदेखि डेट गरिरहेका छन् ।

सन् २०१९ मा साहिलसँग गरेकी थिइन् सम्बन्धविच्छेदः

दियाले यसअघि साहिल सांगासँग सन् २०१४ मा विवाह गरेकी थिइन् । उनले सन् २०१९ मा श्रीमानसँग अलग्गिएको घोषणा गरेकी थिइन् । उनको पहिलो विवाह पाँचवर्षसम्म चलेको थियो । दियाले सोसल मिडिया पोस्टमार्फत् आफ्नो सम्बन्धविच्छेदबारे जानकारी दिएकी थिइन् ।

दिया मिर्जाको फिल्मी करियरः

दियाले सन् २००० मा मिस इन्डिया एशिया प्यासिफिकको ताज जितेकी थिइन् । उनले आफ्नो करियरको सुरुवात फिल्म ‘रहना हे तेरे दिल मे’ बाट गरेकी थिइन् । उनलाई अन्तिम पटक फिल्म ‘थप्पड’ मा देखिएको थियो । हाल उनी तेलुगु फिल्म ‘वाइल्ड डग’ को सुटिङ गरिरहेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप