४ करोड बैंकिङ कसुर मुद्दाका फरार आरोपी पक्राउ
शनिबार, ०१ फागुन २०७७, २२ : १४
काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार मनोज भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । कैलाली घर भएका भण्डारीलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले नयाँ बानेश्वरबाट पक्रेको हो । भण्डारीले दिएको ४ करोड २० लाखको चेक बाउन्स भएको छ । बैंकिङ कसुर मुद्दामा उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए ।
३९ वर्षीय मनोज ठेकेदार हुन् । आफ्ना ठेक्कापट्टाका सहकर्मी रितु जोशीलाई उनले दिएको चेक बाउन्स भएपछि उनीविरुद्ध प्रहरीमा जाहेरी दर्ता गरिएको थियो । ‘कन्टेक’ निर्माण सेवाका सेयर होल्डर भण्डारीले राष्ट्र बैंक र लोकसेवा आयोगको भवन निर्माणको ठेक्का पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारीको कर र जरिवानामा १००% छुट
-
सुमो दुर्घटनाका घाइते राईको मृत्यु
-
१२ बजे, १२ समाचार : एमालेले खोस्यो भीम रावलको साधारण सदस्यतादेखि नेपाललाई थाहै नदिई लिपुलेकबारे भारत-चीन सहमति
-
एमालेका तीन नेतामाथि कारबाही : विद्या भण्डारीलाई सक्रिय राजनीतिको निम्तो !
-
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
-
‘पूर्वाधारसँगै स्वास्थ्य, शिक्षा र खेलकुदको विकासलाई प्राथमिकतामा राखेका छौँ’