आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

४ करोड बैंकिङ कसुर मुद्दाका फरार आरोपी पक्राउ

शनिबार, ०१ फागुन २०७७, २२ : १४
शनिबार, ०१ फागुन २०७७

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार मनोज भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । कैलाली घर भएका भण्डारीलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले नयाँ बानेश्वरबाट पक्रेको हो । भण्डारीले दिएको ४ करोड २० लाखको चेक बाउन्स भएको छ । बैंकिङ कसुर मुद्दामा उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए । 

३९ वर्षीय मनोज ठेकेदार हुन् । आफ्ना ठेक्कापट्टाका सहकर्मी रितु जोशीलाई उनले दिएको चेक बाउन्स भएपछि उनीविरुद्ध प्रहरीमा जाहेरी दर्ता गरिएको थियो ।  ‘कन्टेक’ निर्माण सेवाका सेयर होल्डर भण्डारीले राष्ट्र बैंक र लोकसेवा आयोगको भवन निर्माणको ठेक्का पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप