सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

नेता प्रभाकरको उपस्थितिमा मनाइयो रुकुममा जनयुद्ध दिवस

शनिबार, ०१ फागुन २०७७, २२ : ०१
शनिबार, ०१ फागुन २०७७

रुकुममा विभिन्न कार्यक्रमको आयोजना गरी २६ औं जनयुद्ध दिवस मनाइएको छ । नेकपा प्रभावशाली नेता तथा तत्कालीन माओवादी जनयुद्धका डेपुटी कमाण्डर जनार्दन शर्मा प्रभाकरको उपस्थितिमा विभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस मनाइएको हो । 

जसअनुसार रुकुमको सहिद स्मृति पार्कमा सहिदहरुको सालिकमा माल्यार्पण गरिएको छ । सोही कार्यक्रममा शुभकामना आदानप्रदान कार्यक्रम समेत राखिएको थियो । 
यसैगरी सानीभेरीमा चौथो राष्ट्रिय गुरिल्ला म्याराथुन दौडको आयोजना गरियो । 

यस्तै सानीभेरीमै जनयुद्ध दिवसको अवसरमा आर्थिक समृद्धि तथा सामाजिक रुपान्तरणका लागि चेतनामुलक गीत विमोचन, मयूर नाच जस्ता  कार्यक्रम पनि गरियो । 

प्रभाकरले सामान्तवाद विरुद्धको ऐतिहासिक जनयुद्धको २६ औं वार्षिक उत्सवको अवसरमा सहिदहरुमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता योद्धाहरु र घाइते योद्धाहरु प्रति उच्च सम्मान प्रकट गरेका छन् । 
उनले सम्पूर्ण सहिद परिवार, नेतृत्व, जनमुक्ति सेना, आम जनसमुदाय सबैमा हार्दिक शुभकामना पनि व्यक्त गरेका छन्। जनयुद्ध र जनआन्दोलनको बलामा प्राप्त ऐतिहासिक प्रवाहलाई समाप्त पार्न प्रतिगामी तत्वहरु अलबलाएको भन्दै प्रभाकरले तिनलाई परास्त गर्दै उपलब्धी रक्षाको लागि जुट्न आह्वान समेत गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप