शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राप्ती प्रतिष्ठानमा अक्सिजन प्लान्टका लागि साढे २ करोड बजेट

शनिबार, ०१ फागुन २०७७, २१ : ४३
शनिबार, ०१ फागुन २०७७

घोराही। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन प्लान्ट निर्माण गर्न सरकारले बजेट सहयोग गरेको छ । सरकारले प्रतिष्ठानलाई २ करोड ५० लाख सरकारले सहयोग गरेको  हो । स्वास्थ्य राज्यमन्त्री नवराज रावतले प्रतिष्ठान अवलोकनपछि आयोजित कार्यक्रममा कामु रजिस्ट्रार झङ्कार लामिछानेले अक्सिजन प्लान्टका लागि सरकारले प्रतिष्ठानलाई २ करोड ५० लाख सरकारले सहयोग गरेको  जानकारी दिए ।

बजेट आएकाले अब प्लान्ट निर्माणका लागि सबै प्रकृया पूरा गरेर काम अघि बढ्ने प्रतिष्ठानको भनाइ छ । प्रतिष्ठानकी उपकुलपति प्राडा संगीता भण्डारीले प्लान्ट स्थापना लागि यस बारेमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र स्वास्थ्य मन्त्रीसँग पहल गर्दै आएकी थिइन् । साथै मुख्यमन्त्री पोखरेलसहित विघटित प्रतिनिधिसभा सदस्य सुजिता शाक्य, नेकपाका नेताहरु बलिभद्र राना, नारायण भुसालले यो बारेमा निरन्तर पहल गर्दै आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप