७ मिनेटमा तीन गोल खाएपछि लिभरपुल पराजित
फेरि एक पटक डिफेन्सले गल्ती गर्दा लिभरपुल लेस्टर सिटीसँग पराजित हुन पुगेको छ । शनिबार राति सम्पन्न खेलको अन्त्यमा सम्हालिन नसक्दा लिभरपुल एकका विरुद्ध तीन गोलले पराजित हुन पुगेको हो ।
खेलको ६७ औँ मिनेटमा रोबर्टो फर्मिन्होको उत्कृष्ट पासमा मोहमद शलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । तर, लिभरपुलले खेलको अन्त्यतिर ७ मिनेटको अन्तरमा ३ गोल खान पुग्यो ।
जेम्स म्याडिसनले फ्रिकिकबाट खेलको ७८ औँ मिनेटमा बराबरी गोल फर्काए । त्यसको तीन मिनेटपछि गोलकपिर एलिसनको गल्तीको फाइदा उठाउँदै जेमी भार्डीले लेस्टरलाई अग्रता दिलाए । गत शनिबार एलिसनकै गल्तीले गर्दा म्यान्चेस्टर सिटीले दुई गोल गर्दै एनफिल्डमा जीत हासिल गरेको थियो ।
खेल सकिन पाँच मिनेट बाँकी छँदा हार्भे बार्न्सले गोल गर्दै लेस्टरको जीत सुनिश्चित गरे ।
जीतसँगै लेस्टर लिगको दोस्रो स्थानमा उक्लिएको छ भने लगातर तेस्रो हारसँगै लिभरपुलको उपाधि रक्षामा ठूलो धक्का लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा