राप्ती प्रतिष्ठानमा अक्सिजन प्लान्टका लागि साढे २ करोड बजेट
शनिबार, ०१ फागुन २०७७, २० : ११
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन प्लान्ट निर्माण गर्न सरकारले बजेट सहयोग गरेको छ । स्वास्थ्य राज्यमन्त्री नवराज रावतद्वारा प्रतिष्ठान अवलोकनपछि आयोजित कार्यक्रममा कामु रजिस्ट्रार झङ्कार लामिछानेले अक्सिजन प्लान्टका लागि सरकारले प्रतिष्ठानलाई २ करोड ५० लाख सरकारले सहयोग गरेको जानकारी दिए ।
बजेट आएकाले अब प्लान्ट निर्माणका लागि सबै प्रकृया पूरा गरेर काम अघि बढ्ने प्रतिष्ठानको भनाइ छ । अक्सिजन प्लान्ट निर्माण भइ सञ्चालन आएमा आइसियुको सेवालाई प्रभाबकारी बनाउँदै सेवा विस्तार हुनेछ । साथै अक्सिजन प्लान्ट निर्माण भएमा प्रतिष्ठानले राप्ती अञ्चल र आसपासका ठाउँमा अक्सिजन सप्लाइ गर्न सक्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहट ट्राफिकद्वारा चालु आर्थिक वर्षमा झन्डै १७ हजारलाई सवारी कारबाही
-
भूकम्पीय क्षति : ताइवानबाट नेपालले कस्तो पाठ सिक्ने
-
जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा सोलुखुम्बुमा पाँच घर जले
-
स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री
-
माओवादीबाट रणसिं परियार मन्त्री बन्दै, बाँकी मुख्यमन्त्रीको विश्वासको मत पछि
-
बिहे घरमा आगलागी हुँदा छ लाखको क्षति