गुहेश्वरी नजिकै वाग्मती नदीमा पुरुषको शव फेला
शनिबार, ०१ फागुन २०७७, २० : ०६

काठमाडौं । काठमाडौंको गुहेश्वरी मन्दिर नजिकै वाग्मती नदीमा पुरुषको शव फेला परेको छ । मन्दिरबाट करिब १ किलोमिटर पूर्व ढल प्रसोधन केन्द्रसँगै ४७ वर्षीय रजुनमान श्रेष्ठको शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए ।
काठमाडौं–७ मैजुबहाल बस्ने श्रेष्ठको शव घोप्टो परेर डुबेको अवस्थामा देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । शव पोष्टमार्टमका लागी त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ ।
दरबारमार्ग स्थित एक ट्राभल एजेन्सीमा काम गर्ने रजुनमान हरेक बिहान गाडी चलाउन सिक्न गुहेश्वरी करिडोरमा जान्थे । शनिवार लामो समय नआएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिजः नेदरल्यान्ड्समाथि नेपालको रोमाञ्चक जित
-
इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी
-
इरान इजरायल तनाव: हालसम्म कतिको मृत्यु, कति घाइते ?
-
नेदरल्यान्ड्सविरुद्ध भुर्तेलको अर्धशतक, नेपाल जिततर्फ
-
कर्णालीमा बजेट असार १ गते ल्याइयो, राजस्व र विनियोजन विधेयक बिहीबार
-
कार्यभार सम्हालेपछि महानगर प्रहरी प्रमुख पाण्डेले भने - पुरानो कुरा बिर्सिन चाहन्छु