गुहेश्वरी नजिकै वाग्मती नदीमा पुरुषको शव फेला
शनिबार, ०१ फागुन २०७७, २० : ०६
काठमाडौं । काठमाडौंको गुहेश्वरी मन्दिर नजिकै वाग्मती नदीमा पुरुषको शव फेला परेको छ । मन्दिरबाट करिब १ किलोमिटर पूर्व ढल प्रसोधन केन्द्रसँगै ४७ वर्षीय रजुनमान श्रेष्ठको शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए ।
काठमाडौं–७ मैजुबहाल बस्ने श्रेष्ठको शव घोप्टो परेर डुबेको अवस्थामा देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । शव पोष्टमार्टमका लागी त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ ।
दरबारमार्ग स्थित एक ट्राभल एजेन्सीमा काम गर्ने रजुनमान हरेक बिहान गाडी चलाउन सिक्न गुहेश्वरी करिडोरमा जान्थे । शनिवार लामो समय नआएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण