भारतमा गुल्मीका एक व्यक्तिको हत्या

गुल्मीबाट भारतको हरियाणमा रोजगारी गर्न पुगेका एक व्यक्तिको हत्या भएको भएको छ । फेब्रुअरी ९ मा मुसिकोट नगरपालिका वडा नम्वर ३ पेंगा खिल्ली निवासी अन्दाजी ४० वर्षीय रामबहादुर कुँवरको हरियाण राज्यको हिसार स्थित चिकेन हण्ड रेष्टुरेन्टमा हत्या भएको हो ।
मुसिकोट नगरपालिका वडा नम्वर ३ का वडाध्यक्ष कर्णध्वज जिसीले उनको हत्या भएको तर विस्तृत कुरा बुझ्न बाँकी रहेको बताए । अर्का स्थानीयवासी भुवन जिसीले पनि कुँवरको हत्या भएको खबर प्राप्त भएको बताए ।
जिसीका अनुसार उनको घरमा १५ बर्षकी एक छोरी छन् । यस्तै मृतकका एक छोरा भारतमै रहेका छन । उनी दुई वर्ष अघि देखि भारत मै रोजगारीमा रहेका थिए । कुँवरलाईसँगै काम गर्ने साथीले हत्या गरेर फरार भएको भारतमा रहेको बताइएको छ ।
कुँवरको शवको पोष्टमार्टम गराइ उनका छोरा बिक्रम कुँवरलाई बुझाएर दाहसंस्कार गराइ सकिएको जनाईएको छ । घटनाको अनुसन्धान गरि हत्या अभियुक्तलाई कारबाही गर्न अखिल भारत एकता समाज, प्रवासी नेपाली संघ भारत, जनसम्पर्क समिति लगायका संघ संस्थाहरुले माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंलाई स्कार्पियो चढाएर भारतबाट ल्याइएको थियो नेपाल
-
नार्क र भारतीय कृषि प्रतिनिधिमण्डलबिच छलफल
-
दुर्गा प्रसाईंका अंगरक्षक पनि पक्राउ
-
धितोपत्र बोर्डको संरचना परिवर्तन गर्न आयोगको सुझाव
-
व्यापार युद्धको भय : विश्व बजारमा सुनको भाउ अहिलेसम्मकै बढी
-
वनस्पति क्षेत्रको थप विकास र व्यवस्थापन गर्न जरुरी छ : वनमन्त्री ठकुरी