झुक्दैन झन्डा हामी नझुकेसम्म (कविता)
एलिजा हुमागाँई
खान नपाइ मर्छन् प्रजा यहाँ, भोकभोकै हेर
खसाउन्नन् आँसु महाराजा यिनका हाल देखेर
मरे निर्दोषहरू, रगत बगाइ
आएन शान्ति सम्वृद्धि, मेरो देशको बाटो भएर
झोला बोकी खाडी पसेछन्, छोरा परदेश भनी
कहिले फर्केलान् भनी, रुन्छिन् धुरूधुरू जननी
छोटा राजा, बडा राजा, थरीथरी राजा देशमा
कुन आउला गतिलो, कहिले चिन्नु, कुन भेषमा?
गए सालौं– साल हेर सङ्घर्षका बिती
छैनन् बदलिएका र,पनि सङ्घर्ष गर्नेका नियति
गरिब,दुःखी, विरामी भोका नाङ्गा सडकमा
भोट हाल्न नपर्ला मेरा बा’ले कतिऔँ पटकमा
बेथिति, विसङ्गति लगाई नसक्नुको छ पार
भाइ फुटे, गँवार लुटे हुनेछ कसको हार?
नेता अगुवा ठुलाठालु लालची लोभी सब
कसको शरण पर्न जानु देशै छोडेर अब
नीति बनाउने उभिन्छ यहाँ, नीतिमै नटेकी
थपडी बजाउने जमात कत्रो सत्यता नदेखी
फाइदा खोज्नेहरू फेरि पस्नेछन् गाउँ–शहर
पस्न नदिनु दलाल जतिलाई गरेर यति ठहर
हुन्न देशमा विधिको शासन विधि नमानीकन
नगरौँ गल्ती आफुले जानी जानीकन
नसुनौँ कुरा कसैका, आफ्नो अध्ययन नपुगेसम्म
झुक्दैन हिमाल, झुक्दैन झन्डा हामी नझुकेसम्म
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगर- १२ का वडाअध्यक्ष कामत पक्राउ
-
प्रगति विवरण पेस गर्न खानेपानी मन्त्री यादवद्वारा निर्देशन
-
राम माधवलाई मात्र भेटेर दिल्लीबाट फर्किइन् परराष्ट्रमन्त्री आरजु
-
केही नेपाल ऐनको दफा ६४ फिर्ता लिने सरकारको निर्णयमा विप्लवले जनाए आपत्ति
-
रास्वपालक्षित कानुनमन्त्रीको टिप्पणी– सडक र सामाजिक सञ्जालबाट न्यायालय प्रभावित पार्न खोजियो
-
कोशी प्रदेश सभाको अधिवेशन माघ पहिलो साता