मोटरसाइकल चोरीमा संलग्न ४ जना पक्राउ
काठमाडौंबाट मोटरसाइकल चोरीमा संलग्न ४ जनालाई मोटरसाइकल सहित ट्राफिक महाशाखाले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा धादिङ्ग गजुरीका धन बहादुर तामाङ, थाक्रेका ईन्द्र तामाङ्ग र रिखीलाल तामाङ्ग रहेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।
पक्राउ गरि तीनै जना माथि अनुसन्धान एवम् सोधपुछ गर्दा चोरीका मुख्य नाइके मकवानपुरको थाहा नगरपालिकाका निरश थिङलाई पनि पक्राउ गरिएको उनले बताए ।
मोटरसाईकल चोरीका सूचनाहरु प्राप्त भए सँगै ट्राफिक प्रहरीले केहि महिनायता सक्रियतापूर्वक आफ्नो सादा पोशाकमा ट्राफिक प्रहरी परिचालन गर्दै विशेष अप्रेसन सञ्चालन गर्दै आएको थियो । विशेष अप्रेसन टोली परिचालनसँगै मोटरसाईकल चोरीमा संलग्न गिरोह मोटरसाइकल सहित पक्राउ हुने क्रम बढेको छ ।
यही क्रममा माघ महिनामा मात्रै ११ जनालाई नियन्त्रणमा लिइ मोटरसाइकल चोरी मुद्दाका अनुसन्धान कारबाहिका लागि विभिन्न बृत्त प्रभागमा पठाएको महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिन रास्वपाका मन्त्रीले लेखे मन्त्रिपरिषद्को कार्यालयलाई पत्र
-
यति एयरलाइन्सको जहाज जनकपुरमा आकस्मिक अवतरण
-
दुर्घटनाबाट बचाएको भन्दै शान्ति श्रीले दिइन् क्याप्टेन चन्दलाई धन्यवाद
-
उपेन्द्र यादवकै पक्षमा दृढताका साथ उभिन जसपा मधेस प्रदेशको आग्रह
-
बुटवलमा अनलाइन सट्टेबाज गराउने १३ जना पक्राउ
-
पाँच सय ७२ रोपनी जमिनमा भ्रष्टाचार गरेको अभियोगमा केही व्यक्ति दोषी ठहर