सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

निर्देशक सिंहलाई दोस्रो 'नाट्यश्वर म्युजिक अवार्ड' प्रदान

शनिबार, ०१ फागुन २०७७, १० : ५५
शनिबार, ०१ फागुन २०७७

काठमाण्डौँ । करिव एक दशकभन्दा बढी सयमदेखि निर्देशन क्षेत्रमा क्रियाशिल निर्देशक जनक सिंहलाई दोस्रो 'नाट्यश्वर म्युजिक अवार्ड' प्रदान गरिएको छ । 

निर्देशक सिंहलाई केशब बैरागी माईलाको शब्द तथा सुनिल राईको संगित रहेको र अन्जु पन्तको आवाज रहेको तिम्रै हु म बोलको गीत बाट नेपाली सुगम संगित बिधामा सर्बोत्कृष्‍ट म्युजिक भिडियो डिरेक्टर अवार्ड प्रदान गरिएको हो ।

सिंहले कान्तिपुर फिल्म एकेडेमीबाट फिल्म निर्देशनमा डिप्लोमा गरेका छन् । 

सिंह मुलतः नेपाली सुगम संगितका सफल म्युजिक भिडियो निर्देशकको रुपमा चिनिएका छन् । 

‘नाट्यश्वर सबै कलाकारको शान, कलाकारिताको जगेर्ना हाम्रो अभियान’ भन्ने मुल नाराका साथ नुवाकोटमा दोस्रो नाटेश्वर म्युजिक अवार्ड सम्पन्न भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप