ad
केन्द्रीय संस्करण
२६औँ जनयुद्ध दिवस

‘जनयुद्धले प्रत्येक शोषित, पीडित र श्रमजीवी जनतालाई एकैपटक ब्युँझायो’

कार्यान्वयन गर्ने चरणमा भने हामी चुक्यौँ : जनार्दन शर्मा ‘प्रभाकर’को अन्तरवार्ता

person explore access_timeफागुन १, २०७७ chat_bubble_outline0

 

काठमाडौँ । आज फागुन १ अर्थात् जनयुद्ध दिवस । तत्कालीन सामन्ती राज्यसत्ताको विरोधमा माओवादीले २०५२ साल फागुन १ गते सुरु गरेको १० वर्षे जनयुद्ध आज २६औँ वर्षमा प्रवेश गरेको छ । फागुन १ लाई विशेषगरी पूर्व माओवादी, त्यसबाट विभाजन भएका, जनयुद्धमा संलग्न नेता–कार्यकर्ता र सहिद परिवारले  खास दिनका रूपमा स्मरण गर्ने गर्छन् । जनयुद्ध र जनआन्दोलनको बलमा नेपालमा राजाले विघटन गरेको संसद् पुन:स्थापना भएसँगै राजतन्त्रको अन्त्य भइसकेको छ भने माओवादी शान्ति प्रक्रियामार्फत शान्तिपूर्ण राजनीति गर्दै नेकपा भइसकेको छ । जनयुद्धमा सुरुवातदेखि नै संलग्न र विभिन्न फौजी आक्रमणका योजनाकारसमेत रहेका नेता हुन्– जनार्दन शर्मा  'प्रभाकर' । हाल नेकपाका प्रभावशाली नेतामध्येमा पर्ने प्रभाकरसँग जनयुद्धको महत्त्व, लक्ष्य र बाँकी कार्यभारबारे रातोपाटीले कुराकानी गरेको छ । प्रस्तुत छ प्रभाकरसँग गरिएको कुराकानी :

२६औँ जनयुद्ध दिवस मनाइँदैछ । यो ऐतिहासिक जनयुद्धको सुरुवाती क्षणलाई कसरी स्मरण गर्नुहुन्छ ?

जनयुद्धको तयारी गर्दैगर्दा हामीसँग कुनै ठूलो शक्ति र प्रविधि थिएन, थियो त केवल प्रतिबद्धता र सङ्कल्प । सामन्तवादलाई परास्त गर्ने, राजतन्त्रको अन्त्य गर्दै नेपाली जनतालाई सामन्तवादबाट मुक्त गर्ने प्रतिबद्धता र सङ्कल्पसहितको विचार थियो । त्यसका आधारमा हामीले ठूलो जिज्ञासा र कौतुहलका साथ आफ्नो सङ्कल्पलाई दह्रो बनाउँदै जनयुद्ध थालेका थियौँ ।

महान् जनयुद्ध जसले समान्तवादको अन्त्य गर्न सफल भयो । यसले सदियौँदेखिको शोषण र उत्पीडन, तल्ला तह र गाउँबस्तीका जाली फटाहा र सामन्तवादका एजेन्ट थिए । समग्र देश सामन्तवादबाट प्रताडित थियो । त्यसबाट जनतालाई मुक्त गर्न बलिदान गर्ने हाम्रा हजारौँ महान् सहिदलाई सबभन्दा पहिला सम्झँदै अभिवादन गर्न चाहान्छु ।

त्यस क्रममा हजारौँ बेपत्ता, घाइते र अङ्गभङ्ग भएर बसेका जिउँदा सहिदहरूलाई पनि सम्मान गर्छु । जनताको ठूलो हिस्सा जसले योगदान गरेको थियो उहाँहरूलाई पनि सम्झँदै जनयुद्धको त्यो प्रारम्भिक चरणको सङ्कल्पलाई हामीले कहिल्यै पनि डग्न दिएनौँ । वैचारिक रूपले प्रशिक्षित गर्दै नेतृत्वको क्षमता र विकास गर्दै अगाडि बढ्यौँ । यसमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जसले जनयुद्धको परिकल्पना र नेतृत्व गर्दै शान्ति प्रक्रियासम्म ल्याइपुर्याउनुभयो, एउटा युगलाई परिवर्तन गर्दै सामन्तवादलाई परास्त गरी समाजलाई प्रगतिशील युगतिर लैजान ऐतिहासिक र महत्त्वपूर्ण भूमिका खेल्नुभएका कारणले जनयुद्धको नेतृत्वको हिसाबले आजको दिनमा प्रचण्डलाई पनि अभिवादन गर्न चाहान्छु ।

कतिले सिद्धिएको राजतन्त्रलाई पनि फेरि निरन्तरताका लागि राज्यभिषेकमा सहभागी भइरहेका थिए । त्यस्तो बेलामा प्रचण्ड त्यस्ता नेता हुन्, उनको टिम हामी हौँ, जसले त्यो सामन्ती व्यवस्थालाई अन्त्य गर्न सकिन्छ भनेर बढेकाले नै मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेको हो । जनतालाई अधिकार दिने र राज्यलाई रूपान्तरण गर्ने ठाउँसम्म आउनु एउटा महत्त्वपूर्ण उपलब्धि हो र यसको मूल श्रेय अध्यक्ष प्रचण्ड र माओवादी जनयुद्धमा जान्छ ।

अहिलेसम्म आइपुग्दा जनयुद्धका लक्ष्य र कार्यभार कति पूरा भए र कति बाँकी छन् भन्ने महसुस गर्नुभएको छ ?

जनयुद्धले समग्र समाज वा राज्यको रूपान्तरणका लागि जुन अभियान सुरु गर्यो त्यसले धक्काका रूपमा प्रत्येक शोषित, पीडित र श्रमजीवी जनताहरूलाई एकै पटक ब्युँझायो, जगायो । जनयुद्धको सबैभन्दा ठूलो उपलब्धि भनेकै यही हो ।

शोषित, उत्पीडित, महिला, मधेसी, पछाडि पारिएका जनताको राजनीतिक चेतना बढ्यो । जो दमनमा थिए स्वतन्त्र नागरिक थिएनन्, प्रजा थिए । तिनीहरूलाई स्वतन्त्र ढङ्गले सोच्ने, आफ्नो अधिकारका लागि सङ्गठित हुने र लड्ने क्षमताको विकास गरायो । जनयुद्ध अगाडि बढ्दै जाँदा सङ्घीय लोकतान्त्रिक गणतन्त्र र यो संविधानसम्म आइपुग्दा संविधानमा मौलिक हकअधिकार लिपिबद्ध भएका छन् । स्वास्थ्य, शिक्षा, रोजगार, खाद्य सम्प्रभुता र आवासको अधिकारको क्षेत्रबाट हेर्दा छुवाछूतविरुद्धको अधिकार, समानताका अधिकार, किसान र मानवअधिकारलाई उन्नत स्तरबाट संविधानमा लेखिएका छन् । केन्द्रीकृत राज्य व्यवस्थालाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्वरूप, त्यसको प्रणाली, तीन तहको सरकारमा रूपान्तरण भएका छन्, जसको श्रेय जनयुद्धलाई जान्छ । यद्यपि जनयुद्धले जनविद्रोहलाई पनि ब्युँत्याएर जनआन्दोलन भयो त्यो पनि जनयुद्धले नै उठाएको हो । केही मानिसले राजतन्त्र अन्त्य हुँदैन भन्दै चाकडी गरिरहेका थिए । कतिले सिद्धिएको राजतन्त्रलाई पनि फेरि निरन्तरताका लागि राज्यभिषेकमा सहभागी भइरहेका थिए । त्यस्तो बेलामा प्रचण्ड त्यस्ता नेता हुन्, उनको टिम हामी हौँ, जसले त्यो सामन्ती व्यवस्थालाई अन्त्य गर्न सकिन्छ भनेर बढेकाले नै मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेको हो । जनतालाई अधिकार दिने र राज्यलाई रूपान्तरण गर्ने ठाउँसम्म आउनु एउटा महत्त्वपूर्ण उपलब्धि हो र यसको मूल श्रेय अध्यक्ष प्रचण्ड र माओवादी जनयुद्धमा जान्छ ।

जनयुद्धले जनतामा एक किसिमको जागरण आयो । केही चेतनशील पनि भए । तर जनतामा आर्थिक सामाजिक रूपान्तरण जरुरी थियो । जसरी समानताको कुरा त्यसबेला अघि सारिएको थियो, त्यसमा त सफल हुन सकेको देखिएन नि ?

हो, हामीले भनेका हौँ– हामी सामाजिक न्याय स्थापित गर्छौं । सामाजिक न्याय स्थापित गर्न पहिले जनताका अधिकारलाई संविधानमा स्थापित गर्नुपर्ने थियो । जनयुद्ध र दोस्रो जनआन्दोलनको युगमा जनताका ती अधिकार संविधानमा समेटिए ।

क्रमभङ्ग नहुनुको कारण र एउटा नेतृत्वलाई दुई युगको नेतृत्व गर्न गाह्रो हुन्छ । समान्तवादको नेतृत्व राजतन्त्रले गर्यो, जनवादी क्रान्तिको नेतृत्व प्रचण्ड लगायतका नेताहरूले गरे । अब समाजवादी कालको नेतृत्व गर्ने र समाजलाई अझै रूपान्तरण गरेर उच्च प्रकारको समृद्धि र स्वतन्त्रताका साथै त्यो प्रकारको मानव अधिकार लागू गर्न समाजवादी नेतृत्वको आवश्यकता हो । त्यो कुराको कमी अवश्य छ ।

समस्या कहाँ हो त ?

संविधानमा समेटिएका अधिकारलाई जनताले प्रयोग गर्नका लागि संविधानको स्प्रिटअनुसार कानुन बनाउनुपर्छ । र, त्यो कानुन कार्यान्वयन गर्ने कुरा हुन्छ । कार्यान्वयन गर्ने चरणमा जव हामी प्रवेश गर्यौँ, त्यसमा प्रवेश गर्दा जनयुद्ध र परिवर्तनकामी शक्तिहरूको नेतृत्व हुनुपथ्र्यो । तर शान्ति प्रक्रियामा आइसकेपछि र परिवर्तन भइसकेपछि पनि यहाँ रहेको प्राचीन वर्गले अघि बढ्न दिने कुरा भएन । शान्ति प्रक्रियामा आएपछि क्रान्तिकारी नेतृत्वलाई पनि यहाँको प्रदूषित वातावरणले केही प्रभाव पार्यो । साथै राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरूका पनि स्वार्थ हुने भए । यी विविध कारण भए । मूलतः जनताको विश्वासलाई कायम राख्न नसक्नाले माओवादी एक्लैले नेतृत्व गर्न सकेन । किनभने पहिलो संविधान सभाबाट संविधान बनाउने कुरामा पार्टीभित्रै समस्या पैदा भयो । आफैले नेतृत्व गर्न नसकेपछि कम्युनिस्ट आन्दोलनलाई एकीकृत गरेर लैजानुपर्ने आवश्यकता भयो । संविधान बनाउँदासम्म धेरै एजेन्डा मिलेका पनि थिए । सहमति भएका थिए र विगतका सङ्घीयता विरोधी ट्रेन्डहरू पनि समाप्त भए भन्ने बुझाइ थियो । त्यो बुझाइका आधारमा पार्टी एकता गरेर यही संविधान कार्यान्वयन गर्ने, सामाजिक न्याय स्थापित गर्ने, राष्ट्रलाई आत्मनिर्भर बनाउने, राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने भनेर हामीले जे कुरा गरेका थियौँ त्यो कुरा आज आएर बुझ्दा छलछाममा परिएछ । जसले गर्दा आज धोका भएको छ । कार्यान्वयनका चरणमा आइपुग्दा जवाफ दिनुपर्नेमा झन् प्रतिगमनतर्फ चीजहरू अगाडि गएको छ । त्यसकारण संविधानले तपाईंले भनेजस्तै अधिकारको हिसाबले समानताको दिशातिर लगेको छ । अब यसलाई कार्यान्वयन गर्ने नेतृत्वको सङ्कट आयो । सामन्तवादको एउटा नेतृत्व थियो, जनवादी क्रान्तिको एउटा चरण भयो । जनवादी क्रान्तिको चरणमा मूलत त्यसको मुख्य नेता प्रचण्ड रहेर अरू दलहरू पनि यसमा समाहित भएर जनवादी क्रान्ति भयो । जनवादी क्रान्तिको चरण पारभएपछि समाजवादी क्रान्तिको थालनी र समानताको दिशातिर अगाडि बढ्नका लागि नेतृत्वको नयाँ पङ्क्ति चाहिन्थ्यो । नयाँ पङ्क्ति, नयाँ भिजन, नयाँ स्प्रिट र नयाँ त्याग चाहिन्थ्यो । त्यो कुरामा क्रमभङ्ग हुन सकेन ।

क्रमभङ्ग नहुनुको कारण र एउटा नेतृत्वलाई दुई युगको नेतृत्व गर्न गाह्रो हुन्छ । समान्तवादको नेतृत्व राजतन्त्रले गर्यो, जनवादी क्रान्तिको नेतृत्व प्रचण्ड लगायतका नेताहरूले गरे । अब समाजवादी कालको नेतृत्व गर्ने र समाजलाई अझै रूपान्तरण गरेर उच्च प्रकारको समृद्धि र स्वतन्त्रताका साथै त्यो प्रकारको मानव अधिकार लागू गर्न समाजवादी नेतृत्वको आवश्यकता हो । त्यो कुराको कमी अवश्य छ ।

तपाईंले भनेजस्तो नेतृत्व अहिले भेटिन्छ यहाँ ?

नेतृत्व माटोबाटै पैदा हुने हो । आकासबाट झर्ने होइन । यही माटो र यही जनताबाट विकास हुने हो । त्यो उद्देश्य, लक्ष्यप्रतिको प्रतिबद्धता, त्याग सङ्घर्षबाट पैदा हुने हो ।

समकालीन नेतृत्वबाट समाजवादको नेतृत्व गर्न सक्ने क्षमता होला ?

समकालीन नेतृत्वहरूले यहाँसम्म ल्याउनुभयो । त्यो ऐतिहासिक छ । यसक्रममा प्रचण्डलाई धेरै मानिसले गाली पनि गर्छन् । उहाँका दोष पनि होलान् । तर उहाँले सामन्तवादका विरुद्ध लडेर जनवादी क्रान्ति सम्पन्न गर्न त समग्र नेतृत्व गर्नुभयो नि ! मान्छेका कमीकमजोरी हुन्छन् तर यसक्रममा उहाँले राष्ट्र र जनताप्रति धोखा दिनुभएन । अबको चरणमा अघि जाँदा उहाँहरूको भूमिका चाहिन्छ तर त्यसले मात्रै पनि पुग्दैन । त्यसका लागि नयाँ नेतृत्वको टिम निर्माण गर्नुपर्छ, जन्मनुपर्छ र मात्रै समाजवादी क्रान्ति अघि बढ्छ ।

तपाईंले समाजवादी क्रान्तिको कुरा गर्दैगर्दा जनयुद्धका लक्ष्य र कार्यभार अपूरै रहेको भन्दै तपाईंहरूसँगै जनयुद्ध लडेका केही नेताहरू फरक सङ्घर्षमा छन् । उनीहरूबारे तपाईंको बुझाइ के हो ?

जनयुद्धका लक्ष्य र कार्यभार केलाई मान्ने भन्ने प्रश्न पनि आउँछ । सामन्तवादको अन्त्य गर्नु जनयुद्धको मूल कार्यभार थियो र यो मूलभूत रूपमा पूरा पनि भएको छ । तर मानिसको सामाजिक आर्थिक जीवनमा प्रतिविम्बित गर्ने कुरा बाँकी नै छ । यो अर्थमा जनयुद्धका कार्यभार पूरा भएनन् भन्न सकिएला पनि । यो पूरा गर्न उहाँहरूले नयाँ ढङ्गले जान खोज्नुलाई अन्यथा लिन सकिँदैन । तर त्यो कार्यभार पूरा गर्न फुट र विभाजन होइन एकताबाट मात्रै सकिन्छ । क्रान्तिकारी वा परिवर्तनकामीहरूको एकताबाट मात्रै त्यो सम्भव छ । जनताको साथ लिँदै, राष्ट्रका स्रोतहरूमा बहुल जनसङ्ख्याको श्रम एकीकृत गर्दै र प्रविधिलाई गाँसेर समाजवादी दृष्टिकोण भएको नेतृत्वसहित अघि बढ्दा मात्रै यी कार्यभार पूरा हुन सक्छन् । त्यसपछि मात्रै राष्ट्र निर्माण र आत्मनिर्माण पनि हुन्छ । अहिलेको दलाल पुँजीवादविरुद्धको सङ्घर्ष गर्दै राष्ट्रिय पुँजीको निर्माण गर्ने, भ्रष्टाचार नियन्त्रण र राज्यका संरचनाहरूको लोकतान्त्रीकरण गर्नुपर्ने मुख्य कार्यभार हो । राज्यका संरचना, पार्टीका संरचना लोकतान्त्रीकरण गर्ने भनेको जनताको सेवा गर्ने बनाउने हो । राजनीतिलाई व्यापार बनाउने संस्कार, भ्रष्टाचार र कमिसनखोर संस्कृतिका विरुद्ध सशक्त सङ्घर्ष गर्न नयाँ अभियान आवश्यक भएकाले ती सबै साथीहरू एकताबद्ध भएर जानुपर्छ । तर अब फेरि युद्ध होइन, प्रतिगमनविरुद्धको आन्दोलन चाहिँ गर्नुपर्छ ।

आज केपी ओलीविरुद्ध जनता जसरी उर्लिएका छन् तमाम अरू राज्यका संयन्त्रहरूले पनि त्यसो गरे भने जनता फेरि विद्रोहमा उत्रन्छन् । यो राज्यसत्ता अब कुनै शक्ति र संयन्त्रहरूले आफ्नो ढङ्गले र स्वार्थमा चलाउन पाउँदैनन्, जनता जाग्छन् र नयाँ परिस्थिति पैदा हुन्छ । जनयुद्धका क्रममा गर्न बाँकी एउटा काम छ । त्यो भनेको राज्यका संरचनाहरूको रूपान्तरण । राज्यका संयन्त्रहरूको पुनर्संरचना गर्ने ठाउँमा अबको आन्दोलन पुग्छ । राष्ट्रलाई घात गर्ने जोकोहीलाई जनताले छोड्दैनन् ।

१० वर्षे जनयुद्ध, संविधान सभा हुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्र, त्यसपछिको तीनै तहको निर्वाचनपछि मुलुकमा शान्ति कायम भयो । अब आर्थिक सामाजिक समृद्धि हुन्छ भन्ने अपेक्षा गरिएको थियो । तर राज्यको नेतृत्व तहमा पुगेकाहरूको चरित्रले जनयुद्ध वा जनआन्दोलनको भावनालाई सम्मान गरेजस्तो लाग्छ ?

कार्यान्वयन तहमा पुगेको नेतृत्व अगाडि होइन, पछाडितिर दौडियो । पछि हट्यो । परिवर्तनलाई स्वीकार गर्ने होइन, परिवर्तनलाई तिरस्कार गर्ने काम गर्यो । नेतृत्वले जनयुद्धका उपलब्धिलाई, जनताका मनोभावनालाई, आकाङ्क्षलाई सम्बोधन गर्नुको साटो निहित स्वार्थ, छलछाम र कुटिल चालबाट समाप्त पार्ने षड्यन्त्रमा लागेको छ । त्यो खालको अपमानविरुद्ध जनता फेरि जाग्न थालेका छन् । संविधानलाई समाप्त पार्ने कुरा राष्ट्रपति र प्रधानमन्त्रीहरूले किन गरे ? भनेर जनताले हेरिरहेका छन् । अब पनि राज्यका अरू संयन्त्रहरूले राष्ट्रप्रति इमानदारिता देखाउँछन् ? के उनीहरूले संविधानको रक्षा गर्छन् ? परिवर्तनलाई बचाउँछन् या समाप्त गर्छन् भनेर जनताले हेरिरहेका छन् ।

आज केपी ओलीविरुद्ध जनता जसरी उर्लिएका छन् तमाम अरू राज्यका संयन्त्रहरूले पनि त्यसो गरे भने जनता फेरि विद्रोहमा उत्रन्छन् । यो राज्यसत्ता अब कुनै शक्ति र संयन्त्रहरूले आफ्नो ढङ्गले र स्वार्थमा चलाउन पाउँदैनन्, जनता जाग्छन् र नयाँ परिस्थिति पैदा हुन्छ । जनयुद्धका क्रममा गर्न बाँकी एउटा काम छ । त्यो भनेको राज्यका संरचनाहरूको रूपान्तरण । राज्यका संयन्त्रहरूको पुनर्संरचना गर्ने ठाउँमा अबको आन्दोलन पुग्छ । राष्ट्रलाई घात गर्ने जोकोहीलाई जनताले छोड्दैनन् ।

कुनैबेला इतिहास लेखिनुभन्दा निर्माण गर्नु बढी आनन्ददायी हुन्छ भनेर लेनिनले भनेका थिए । तपाईं पनि जनयुद्धको सुरुवात गरेर यहाँसम्म आइपुगेको एक नेता हो । जनयुद्धमा पुँजीवादी लोकतान्त्रिक क्रान्तिलाई पूर्णता दिने भनिएको थियो, त्यो पूरा हुन केले रोक्यो होला ?

राजनीतिक रूपले पुँजीवादी क्रान्ति सम्पन्न भयो । सामन्तवादको अन्त्य भयो । देशमा जमिनदार र सामन्त वर्ग छैनन् । तथापि त्यसका आर्थिक सांस्कृतिक अवशेषहरू आज पनि छन् । पुँजीवादी क्रान्ति सम्पन्न भइसकेपछि सो अनुरुपको उत्पादन नीति निर्माण गर्न उत्पादक शक्तिको विकास गर्ने नेतृत्व चाहिन्थ्यो । त्यो खालको आर्थिक नीति चाहिन्थ्यो । अघि पनि मैले भने आम जनताको तागतमा हामीमा भएको स्रोत साधनहरूलाई पुँजीँका रूपमा विकास गरेर प्रविधि जोडेर नयाँ ढङ्गले आम जनताको जीवनलाई बदल्ने आधुनिक उत्पादन नीति चाहिन्थ्यो । नीति त्यता नगएर उदार पुँजीवादतिर लम्कियो । त्रुटि भएको यो हो ।

इतिहास निर्माण गर्ने कुरामा सुरुमा हामी जनयुद्धमा जाँदा बिनाहतियार पनि जोस, जाँगर, सङ्कल्प थियो र नै जनयुद्धको एउटा उचाइसम्म पुगियो । यसक्रममा हजारौँ दुखान्त घटना पनि छन् । हजारौँ साथीहरूले हाँस्दैहाँस्दै बलिदान गरेका छन् । त्यो बलिदानीको मूल्यलाई बोध गरेर परिवर्तनलाई सही तरिकाले लग्यो भने त्यो पनि एउटा ऐतिहासिक जनताको खुसीको कुरा हुन्छ । त्यसो भएन र सहिदहरूको अपमान भयो भने दुर्भाग्य हुनजान्छ । तर कतै पनि लडाइँ लड्दै गर्दा व्यक्तिगत स्वार्थ र चाहानामा लागिएन । शान्ति प्रक्रियामा आएपछि दुइटा धारा देखिएको छ । एउटा धारा व्यक्तिगत स्वार्थतिर, पुरानो संस्कृतितिर हाम्फालेर स्खलित भएको छ भने अर्को धारा बाँकी छ जसले समाजवादी क्रान्तिसम्म लैजान्छ । लैजानुपर्ने भन्ने बोध पनि छ । त्यो धारा हो आजको प्रगतिशील धारा । त्यसकारण इतिहास निर्माण गर्ने यो आनन्द जनवादी क्रान्तिको चरणमा पूरा भइसकेको छैन । समाजवादी चरणको क्रान्तिमै यो आनन्द थप लिनुपर्छ भन्ने मलाई लाग्छ ।

यन्त्रिक रूपले युद्धलाई बुझ्ने कुराले जनमुक्ति सेनालाई धेरै ठूलो पीडाबोध पनि गरेको थियो । किनभने युद्ध भन्ने कुरा नापेतौले जस्तो हुदैन । युद्धको एउटा नियम हुन्छ । त्यो नियम र लयमा हिँड्नुपर्ने हुन्छ । त्यो नियममा कहिलेकाहीँ हिँड्न नदिने, अवरोध गर्दिने कुरा पार्टीभित्रैबाट हुने गर्दथे । जसलाई म यन्त्रिकता, स्खलन भएको भन्ने मलाई लाग्छ ।

जनयुद्धमा यो उपलब्धि भयो, त्यो उपलब्धि भयो भनेर तपाईंहरू धेरै भन्ने गर्नुहुन्छ । तर ती उपलब्धि जोगाउने चुनौती पनि देखिन्छ । यसका लागि खेल्नुपर्ने भूमिका केके हुनसक्छन् ?

जनयुद्धका उपलब्धि जोगाउन नेतृत्वको दृष्टिकोण, र विचारको विकास आवश्यक छ । समाजवादी क्रान्तिको बाटो नलाग्दा जनयुद्धका उपलब्धि जोगिँदैनन् । त्यो संविधानको कार्यान्वयनबाट पहिला लागू हुन्छ । संविधानमा लेखेका अधिकारहरू कार्यान्वयन गर्दै ती अधिकारहरूलाई अझ उच्च स्तरमा विकसित गर्दै, स्वतन्त्रतालाई माथि उठाउँदै जाने कुरा नै हो । त्यसका लागि पहिला त्यो खालको विचार योजना चाहिन्छ । संस्कार र सङ्गठन पनि चाहिन्छ । त्यो खालको इच्छाशक्ति भएको नेतृत्व पनि चाहिन्छ । यो वैचारिक चुनौती हो । त्यो उद्देश्यअनुरूपको सङ्गठन जसले जनतालाई निरन्तर जोडिराख्न सक्नुपर्छ । भएका परिवर्तनलाई कार्यान्वयन नगर्दा जनतामा आएको निराशाबाट मुक्त गर्नुपर्छ । व्यवहारतः जीवनमा परिवर्तन आएको देखाउन नसक्नु अर्को चुनौती हो ।

तपाईं जनयुद्ध कालमा नेतृत्व गरेको नेता पनि हुनुहुन्छ । त्यसक्रममा धेरै किसिमका अनुभव सँगाल्नुभएको छ । जनयुद्धमा खटिँदाको कुनै स्मरणयोग्य घट्ना भन्न मिल्छ कि ?

त्यस्ता हजारौँ घटना छन्, जो अहिले नै भन्न सक्ने अवस्था रहँदैन । आजको दिनमा म के भन्छु भने जनयुद्ध भनेको के थियो त ? जनयुद्ध मूलतः कुनै व्यक्ति विशेषका विरुद्धमा लक्षित थिएन । थियो भने सामन्तवादका विरुद्धको सङ्घर्ष थियो । युद्ध रहर पनि थिएन बाध्यता थियो । दमनको प्रतिरोध गर्दै जाँदा अर्को शक्ति सेना पैदा भएको थियो । त्यो सेनाले गरेको उत्सर्ग, बलिदान, त्याग र पहलकदमी एउटा ऐतिहासिक कुरा पनि थियो । तर युद्धका ब्याटलहरूमा जाँदा कहिलेकाहीँ नेताका विभिन्न स्तरबाट त्यो युद्धको मर्मलाई बुझ्ने, आवश्यकतालाई बुझ्ने र सही ढङ्गले निर्देशित एवं कमान्ड गर्ने कुराले धेरै सफलतामा पनि समस्या पारेको थियो । यन्त्रिक रूपले युद्धलाई बुझ्ने कुराले जनमुक्ति सेनालाई धेरै ठूलो पीडाबोध पनि गरेको थियो । किनभने युद्ध भन्ने कुरा नापेतौले जस्तो हुदैन । युद्धको एउटा नियम हुन्छ । त्यो नियम र लयमा हिँड्नुपर्ने हुन्छ । त्यो नियममा कहिलेकाहीँ हिँड्न नदिने, अवरोध गर्दिने कुरा पार्टीभित्रैबाट हुने गर्दथे । जसलाई म यन्त्रिकता, स्खलन भएको भन्ने मलाई लाग्छ ।

जनयुद्ध सुरु भएपछि तपाईंको नेतृत्वको पहिलो फौजी आक्रमण कहाँ थियो र कस्तो थियो ?

जनयुद्धको थालनीका दिनमै हामीले देशव्यापी प्रचारात्मक रूपमा साङ्केतिक फौजी कारबाही गरेका थियौँ । त्यसमा हामी आम रूपमा सहभागी थियौँ । त्यतिबेला हामीमाथि ठूलो दमन भएको थियो । त्यसको प्रतिरोध गर्नुपर्ने आवश्यकता थियो । त्यो मैले नै आफै योजना बनाएर, नयाँ सेना तयार गरेर मेरै राजनीतिक नेतृत्वमा आफै फिल्डमा गएर लडेको पहिलो लडाई झिम्पिए कारबाही थियो । त्यो पश्चिम नेपालमा भएको पहिलो ठूलो कारबाही हो ।

मैले त परिवर्तनकामी शक्तिहरूको अब राज्य सञ्चालनमा बृहत् संयुक्त मोर्चा गठन गरौँ भनेर प्रस्ताव नै गरेको हो । परिवर्तनलाई संस्थागत गर्दै कार्यान्वयन गरेर समृद्धिको नयाँ उचाइमा र उन्नतस्तरमा नपुग्दासम्म यो देशमा परिवर्तनमा सहभागी भएका नागरिक समाज, विज्ञ, विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तिहरूको निर्देशक संरचना चाहिन्छ । कार्यकारी स्थानमा बसेर काम गर्नेहरूले कसरी गर्छन् ? भनेर हेर्ने, खबरदारी गर्ने संरचना चहिन्छ । दोस्रो कुरा राजनीतिक नेतृत्वको परिकल्पना र दृष्टिकोणलाई कार्यान्वयन गर्ने विज्ञ विशेषज्ञहरूको टिम पनि चाहिन्छ ।

संविधान जारी भइसकेपछि अब राजनीतिक परिवर्तनका लागि जनताले क्रान्ति गर्न आवश्यक पर्दैन भनिएको थियो । तर अहिले फेरि जनक्रान्तिका कुरा आउन थालेका छन्, तपाईंहरू सडकमा पुग्नुभएको छ । यो अवस्था किन आयो ? कसका कारणले आयो ?

पहिलो कुरा, अब क्रान्ति गर्न पर्दैन भन्ने भनाइ गलत थियो । त्यो विचलन थियो । अदूरदर्शी थियो । नेतृत्वको विचारमाथि आएको अवरुद्धता थियो त्यो । क्रान्ति निरन्तरको प्रवाह हो । क्रान्ति भनेको सधैँ बन्दुक नै लिएर लड्ने पनि होइन । हामीले त अब सामाजिक आर्थिक रूपान्तरणका लागि क्रान्ति गर्नुपर्छ भनेकै थियौँ । मैले क्रान्ति रोकियो भनेर भनेको पनि छैन । अबको ५० वर्षपछि के हुन्छ विश्व ? अहिले धेरै वैज्ञानिकहरू, अर्थशास्त्रीहरूले आफ्ना अनुमानहरू प्रस्तुत गरेका छन् । त्यो भनेको परिवर्तन होइन ? परिवर्तन भनेकै क्रान्ति हो । परिवर्तनविरुद्ध आउने अवरोधका लागि निरन्तर सङ्घर्ष त भइराख्थ्यो तर संविधानमा दिएका अधिकारहरूलाई कार्यान्वयन गर्ने क्रममा आउने अवरोधलाई हटाउँदै जाने तर यी आफै क्रान्तिको उपलब्धि हासिल गरेर फेरि सत्तामा बसेर आफ्नै पार्टीले प्रतिक्रान्ति गर्छ भन्ने कुरा सिद्धान्ततः बुझेको कुरा थियो, व्यवहारतः नभएको कुरा थियो । अहिले अनुभूति गरियो । त्यसकारण अहिलेको सङ्घर्ष जो हो यो प्रतिगमनका विरुद्धको हो । यो सङ्घर्ष नेपाली जनताको चाहानाअनुसार समाजवादी कार्यक्रम, आर्थिक विकास र समृद्धिको कार्यक्रम, तल्लो वर्गले राज्यबाट प्राप्त गर्नुपर्ने सेवा सुविधा प्राप्त गर्नका लागि हो ।

नेपाली जनताले पटक पटकका आन्दोलनलाई साथ दिइरहेका छन् । तर परिवर्तन हुन्छ प्रवृत्ति पुरानै रहने संस्कारको अन्त्य कहिले होला ?

यही कुरा मैले भन्ने गरेको छु । राजनीतिक पार्टीभित्र अलोकतान्त्रिक तौरतरिका भए । परिवर्तनमा ठूलो हिस्सा सहभागी भएको छ जो राजनीतिक पार्टीसँग सबै जोडिएको छैन । त्यो नजोडिएको हिस्सा बाहिरै बस्यो । परिवर्तनपछि पनि सीमित पार्टी र नेताहरूमा असीमित अधिकार रह्यो । त्यो असीमित अधिकारको दुरुपयोग भयो र आज यो प्रतिगमन हुनपुग्यो ।

यसको समाधान के हो त ?

मैले त परिवर्तनकामी शक्तिहरूको अब राज्य सञ्चालनमा बृहत् संयुक्त मोर्चा गठन गरौँ भनेर प्रस्ताव नै गरेको हो । परिवर्तनलाई संस्थागत गर्दै कार्यान्वयन गरेर समृद्धिको नयाँ उचाइमा र उन्नतस्तरमा नपुग्दासम्म यो देशमा परिवर्तनमा सहभागी भएका नागरिक समाज, विज्ञ, विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तिहरूको निर्देशक संरचना चाहिन्छ । कार्यकारी स्थानमा बसेर काम गर्नेहरूले कसरी गर्छन् ? भनेर हेर्ने, खबरदारी गर्ने संरचना चहिन्छ । दोस्रो कुरा राजनीतिक नेतृत्वको परिकल्पना र दृष्टिकोणलाई कार्यान्वयन गर्ने विज्ञ विशेषज्ञहरूको टिम पनि चाहिन्छ । तेस्रो त्यस्तो विशेषज्ञ टिमसँग जनताको शक्तिलाई जोड्नुपर्छ यसो गर्दा मात्रै तपाईको प्रश्नको उत्तर भेट्न सकिन्छ । अर्को कुरा मैले भन्ने गरेको कुरा हाम्रो पार्टीभित्र केपी ओली प्रवृत्ति कसरी पैदा भयो ? उनी कसरी जन्मिए, हुर्किए र कुन सङ्गठनात्मक विधि, वैचारिक बहस र छलफलका क्रममा यहाँसम्म आए ? त्यसक्रममा हाम्रो भूमिका के रह्यो ? त्यसको समीक्षा गर्दै त्रुटि भएको ठाउँमा सच्याउनुपर्छ । कम्युनिस्ट, लोकतान्त्रिक राजनीतिक आन्दोलनमा त्रुटि छन्, तिनलाई सच्याउनैपर्छ ।

आज देश सङ्कटमा परिरहेको छ । देश सङ्कटमा पर्ने भनेको हाम्रो स्वतन्त्रता, स्वाधीनता र सार्वभौमिकतामाथि सङ्कट आइरहेको छ । केपी ओलीले स्वाधीनतालाई नै समाप्त पार्ने जे कुरा गरेका छन् त्यो दुर्भाग्यपूर्ण छ । यतिबेला यो परिस्थितिले जनयुद्धको औचित्यलाई, त्यतिबेलाको आवश्यकतालाई आज पनि नयाँ समाजवादी क्रान्तिमा रूपान्तरण गर्नुपर्ने महसुस भएको छ । को नेतृत्व हो, को होइन, को नेता, को होइन ? को नायक हो, को खलनायक हो ? भन्ने स्थापित भएको छ । आन्दोलनले नायक पनि जन्माउने र खलनायक पनि जन्माउने रहेछ । जुन केपी ओली अहिले खलनायकका रूपमा छन् भने अरू नेता परिवर्तनको पक्षमा नेतृत्व गर्ने नायकका रूपमा ।  

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.