सुत्नुअघि यस्ता खानेकुरा खाँदा स्वास्थ्यमा पर्न सक्छ गम्भीर असर
रातमा खाने खानेकुराले स्वास्थ्यमा असर पार्ने वा फाइदा पुर्याउँने कुराको निर्धारण गर्छ । केही खानेकुराहरु हामीले सुत्नुअघि सेवन गर्नुहुँदैन ।
केही व्यक्तिहरु सुत्नुअघि चिया पिउने आदत बनाएका हुन्छन् । जसले स्वास्थ्यलाई असर पुर्याउँछ । राति सुत्नुअघि चिया पिउँदा निन्द्रा हराउँछ ।
यस्तै, कोही व्यक्ति राति सुत्नुअघि भोक लाग्यो भने चिप्स खाने गर्छन् । तर, यस्तो बानी स्वास्थ्यका लागि बेफाइदाजनक हुन्छ । प्रोसेस्ड खानामा मोनोसोडियम ग्लूटेमेट अधिका मात्रा पाइने भएकाले अनिन्द्राको समस्या बढ्छ ।
रातको समयमा चक्लेट खाने बानीले निन्द्रामा असर पार्छ । चकलेटमा क्याफिनको मात्रा धेरै हुने भएकाले निन्द्राका लागि बाधक सावित हुन्छ ।
यसैगरी, राति सुत्नुअघि माछामासुको सेवन पनि स्वास्थ्यका लागि फाइदाजनक हुँदैन । यस्ता खानेकुरा पाचन हुन लामो समय लाग्ने हुँदा पेटसम्बन्धी समस्याहरु पैदा हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबिच समझदारी
-
बलरा नगरपालिका–४ का पूर्ववडाध्यक्ष झाको निधन
-
मन्त्री भण्डारी र कोरियाली समकक्षीबिच टीआइपीएफ सम्झौतामा हस्ताक्षर
-
रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
-
सामाजिक सञ्जालमा देखिने शङ्कास्पद पोस्टहरू क्लिक नगर्न प्रहरीको आग्रह
-
मनाङमा जलविद्युत् आयोजना सम्पन्न गर्न सहजीकरण समिति गठन