युवा संघ गुल्मीका इन्चार्ज प्रचण्ड-माधव समूहमा

गुल्मी । नेकपा दुई समूहमा विभाजित नहुँदै राष्ट्रिय युवा संघ नेपाल गुल्मीका जिल्ला इन्चार्ज रहेका हिमाल थापा ओली समूहबाट प्रचण्ड–माधव समूहमा प्रवेश गरेका छन् । युवा नेता थापाले आफ्नो फेशबुक स्टाटसमार्फत आजदेखि ओली समूह परित्याग गरि प्रचण्ड–माधव समूहमा सक्रिय सहभाग हुने घोषणा गरेका हुन् । गुल्मीको छत्रकोट गाउँपालिका–२ पल्लीकोट घर भएका नेता थापा २०६२/०६३ को आन्दोलन ताकादेखि ओली समूहका कट्टर कार्यकर्ता थिए ।
‘हो म २०६२/०६३ को जनआन्दोलनमा डिएसएम (जिल्ला कमिटी सदस्य )भएदेखि अहिलेसम्म केपी ओलीको कट्टर कार्यकर्ता नै थिएँ तर अहिले उहाँको तानाशाही प्रवृत्तिदेखि वाक्क भएर ओली समूह परित्याग गरि प्रचण्ड नेपाल समूहमा आएको हुँ ।’ राष्ट्रिय युवा संघ नेपाल केन्द्र्रिय कमिटीका सचिवालय सदस्य समेत रहेका नेता थापाले वामपन्थी आन्दोलनको रक्षार्थ प्रचण्ड र माधव नेपाल समूहको विकल्प नरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाले फ्रड काम गर्यो, कमल थापा र लिङ्देनका कारण राजसंस्था गयो : दुर्गा प्रसाईं
-
बिराज भट्ट ‘राम नाम सत्य’ मा अनुबन्ध
-
अमेरिकामा हेलिकप्टर दुर्घटना, ३ जनाको मृत्यु
-
हाम्रो कारण थापाथलीमा मेलम्ची खानेपानीको पाइपमा क्षति पुगेको छैन : विद्युत प्राधिकरण
-
प्रहरी स्टाफ कलेजविरुद्धको रिट न्यायाधीश फुयालको इजलासमा
-
‘पाकिस्तानसँग हार्ने डरले शारजहाँबाट खेल छोडेर भागेको बिर्सनुभयो ?’