तमिलनाडुको पटाका फ्याक्ट्रीमा भीषण आगलागी, ११ जनाको मृत्यु
![तमिलनाडुको पटाका फ्याक्ट्रीमा भीषण आगलागी, ११ जनाको मृत्यु](https://rpcdn.ratopati.com/media/albums/tamilnadu_vn4wxCt3MR.jpg)
एजेन्सी । भारतको तमिलनाडुको एक पटाका फ्याक्ट्रीमा भीषण आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ । तमिलनाडुको विरुधुनगरको एक पटाका फ्याक्ट्रीमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको हो । भारतीय समाचार एजेन्सी एएनआईका अनुसार आगलागीमा परेर ११ जनाको मृत्यु भएको छ भने ३६ जनाभन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेहरुको संख्या बढ्न सक्ने जनाइएको छ । यस घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री मोदीले भनेका छन्ः ‘ तमिलनाडुको विरुधुनगरस्थित एक पटाका फ्याक्ट्री मा भएको आगलागीको घटना दुःखद छ । दुःखको यस घडीमा मृतकप्रति श्रद्धाञ्जली र पीडित परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु । त्यस्तै म पीडित परिवारको साथमै रहेको जानकारी गराउँछु । घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना छ । यस घटनामा प्रभावित हुने व्यक्तिहरुलाई तत्काल मद्दत गर्न प्रशासन लागिरहेको छ ।’ त्यस्तै भारतीय काँग्रेस नेता राहुल गान्धी लगायतले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा अर्को विमान दुर्घटना, विमानस्थलमै दुई विमान ठोक्किए
-
हमासले बन्दीको रिहाइ रोक्ने बताएपछि ट्रम्पले दिए कडा चेतावनी
-
प्रेस चौतारी नेपाल रुपन्देहीको अध्यक्षमा पाण्डे
-
जग्गा भोगाधिकारमा अड्किँदा चार वर्षदेखि कृषि उपज केन्द्र अलपत्र
-
सर्लाहीको रामटोलमा आगलागी, ५ चौपाया मरे
-
बन्ध्याकरण गर्नेमा पुरुषभन्दा महिला धेरै