टाइगर कप भलिबल प्रतियोगिताः पुरुषतर्फ गण्डकी र आर्मी फाइनलमा
![टाइगर कप भलिबल प्रतियोगिताः पुरुषतर्फ गण्डकी र आर्मी फाइनलमा](https://rpcdn.ratopati.com/media/albums/volleyball-_Xd4n8ADxvH.jpg)
पोखरा । पोखरामा जारी टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप प्रतियोगितामा गण्डकी प्रदेश र विभागीय टोली त्रिभुवन आर्मी क्लब पुरुषतर्फ फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार पोखरा रंगशालामा भएको खेलमा गण्डकीले एपीएफलाई र आर्मीले पुलिसलाई सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रबेश गरेका हुन् । खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई ३–० को सोझौ सेटमा पराजित गर्दै फाईनल प्रवेश गरेको हो ।
गण्डकीले एपीएफ क्लबलाई २५–२१, २९–२७, २५–१५ को सोझो सेटमा ३–० सोझो सेटमा पराजित गर्दै फाईनल प्रवेश गरेको हो । प्रतियोगितामा गण्डकीले फाईनल सुरक्षित गर्ने क्रममा पहिलो सेट २५–२१ ले लिएको थियो । गण्डकीले अन्त्यमा २९–२७ को सेटमा आफनो पक्षमा पार्दै विभागीय टोलीको बर्चस्वलाई तोड्न सफल भयो । तेस्रो सेटमा गण्डकीले सुधारिएको खेल प्रदर्शन गर्दै २१–१५ को अग्रता लिएपछि एपीएफ भने उपाधिको प्रतिशपर्धाबाट बाहिरियो ।
पहिलो खेलमा नेपाल पुसिल क्लबसँग पराजित गण्डकीले दोस्रो खेलमा त्रिुभवन आर्मीलाई ३–१ सेटले पराजित गरेको थियो । दोस्रो खेलमा आर्मीले पुलिसको चुनौतीलाई २६–२४ मा पहिलो सेटमा पराजित गर्दै अग्रता लिएको थियो । दोस्रो सेटमा आर्मीले पुलिसलाई २५–२२ र तेस्रो सेट २५–१४को सेटमा पराजित गरेको थियो ।
टाईगर ग्रुपको आयोजनामा भइरहेको प्रतियोगितामा महिला तथा पुरुष भलिबल प्रतियोगिताको विजेता टोलीलाई नगद १ लाख ५० हजार रुपैयाँको पुरस्कार राशीसहित ट्रफी तथा पदक एवं प्रमाणपत्र प्रदान गरिने छ । उपविजेताले महिला तथा पुरुष टोलीले नगद ७५ हजार रुपैयाँ, तेस्रो हुने टोलीलाई भने ३५ हजार राशीको नगदपुरस्कार प्रदान गरिने छ । सान्त्वना पुरस्कार १५।१५ हजार रुपैयाँ प्रदान गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको निर्णय नेपाल चिकित्सक संघद्वारा स्वागत, आवासीय चिकित्सकको तलब ४८ हजार
-
८ दलीय मोर्चाविरुद्ध बन्यो अर्को मोर्चा
-
घरेलु मैदानमा जितविहीन बन्दै टुंगियो नेपाली टोलीको यात्रा, थाइल्यान्डसँग ७ विकेटले पराजित
-
लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधनका लागि प्रधानमन्त्रीलाई निमन्त्रणा
-
काम गर्नेहरूलाई गफ गर्नेसँग तुलना नगरौँ : उपप्रधानमन्त्री सिंह
-
सातामा ४२ अंकले बढ्यो नेप्से, कारोबार रकममा तीव्र उतारचढाव