बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

टाइगर कप भलिबल प्रतियोगिताः पुरुषतर्फ गण्डकी र आर्मी फाइनलमा

शुक्रबार, ३० माघ २०७७, १६ : ५८
शुक्रबार, ३० माघ २०७७

पोखरा । पोखरामा जारी टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप प्रतियोगितामा गण्डकी प्रदेश र विभागीय टोली त्रिभुवन आर्मी क्लब पुरुषतर्फ फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार पोखरा रंगशालामा भएको खेलमा गण्डकीले एपीएफलाई र आर्मीले पुलिसलाई सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रबेश गरेका हुन् । खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई ३–० को सोझौ सेटमा पराजित गर्दै फाईनल प्रवेश गरेको हो । 

गण्डकीले एपीएफ क्लबलाई २५–२१, २९–२७, २५–१५ को सोझो सेटमा ३–० सोझो सेटमा पराजित गर्दै फाईनल प्रवेश गरेको हो । प्रतियोगितामा गण्डकीले फाईनल सुरक्षित गर्ने क्रममा पहिलो सेट २५–२१ ले लिएको थियो ।  गण्डकीले अन्त्यमा २९–२७ को सेटमा आफनो पक्षमा पार्दै विभागीय टोलीको बर्चस्वलाई तोड्न सफल भयो । तेस्रो सेटमा गण्डकीले सुधारिएको खेल प्रदर्शन गर्दै २१–१५ को अग्रता लिएपछि एपीएफ भने उपाधिको प्रतिशपर्धाबाट बाहिरियो । 

पहिलो खेलमा नेपाल पुसिल क्लबसँग पराजित गण्डकीले दोस्रो खेलमा त्रिुभवन आर्मीलाई ३–१ सेटले पराजित गरेको थियो । दोस्रो खेलमा आर्मीले पुलिसको चुनौतीलाई २६–२४ मा पहिलो सेटमा पराजित गर्दै अग्रता लिएको थियो । दोस्रो सेटमा आर्मीले पुलिसलाई २५–२२ र तेस्रो सेट २५–१४को सेटमा पराजित गरेको थियो ।

टाईगर ग्रुपको आयोजनामा भइरहेको प्रतियोगितामा महिला तथा पुरुष भलिबल प्रतियोगिताको विजेता टोलीलाई नगद १ लाख ५० हजार रुपैयाँको पुरस्कार राशीसहित ट्रफी तथा पदक एवं प्रमाणपत्र प्रदान गरिने छ ।  उपविजेताले महिला तथा पुरुष टोलीले नगद ७५ हजार रुपैयाँ, तेस्रो हुने टोलीलाई भने ३५ हजार राशीको नगदपुरस्कार प्रदान गरिने छ । सान्त्वना पुरस्कार १५।१५ हजार रुपैयाँ प्रदान गरिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप