शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जो बाइडेनको चेतावनीः अमेरिका सम्हालिएन भने चीनभन्दा पछि पर्नेछ

शुक्रबार, ३० माघ २०७७, १४ : ४३
शुक्रबार, ३० माघ २०७७

अमेरिकाका राष्ट्रपति जो बाइडेनले चीनको विषयमा एउटा चेतावनी दिएका छन् । उनले पूर्वाधारमा खर्च गर्ने विषयमा अमेरिकाले यदि तीब्रता नदेखाए, अमेरिकामाथि चीन भारी पर्नेछ र अमेरिका पछि पर्नेछ ।’

बिहिबार सिनेटका केही सदस्यसँगको बैठकमा जो बाइडेनले यस्तो चेतावनी दिएका हुन् । यो बैठकमा उनले पूर्वाधारमा अत्यधिक खर्च गर्नुपर्ने कुरामा जोड दिए । 

एकदिन अघि मात्रै अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनका राष्ट्रपति शी जिनपिङसँग फोनवार्ता गरेका थिए । ह्वाइट हाउस पुगेपछि जो बाइडेनको शी जिनपिङसँग यो पहिलो फोनवार्ता थियो । 

उनले सांसदसँग भने, ‘हामीले पूर्वाधारमा खर्च बढाउन आवश्यक छ । उनीहरु (चीन) विभिन्न क्षेत्रमा अर्बौं डलर खर्च गरिरहेका छन् चाहे त्यो यातायात साधन होस्, वातावरणसँग जोडिएका योजना हुन् वा पूर्वाधारमा अन्य मामिला, उनीहरुले अत्यधिक खर्च गरिरहेका छन् । त्यसैले हामीले पनि आफ्नो कदम बढाउनुपर्नेछ र आफ्नो स्तर सुधार्नुपर्नेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप