बाबुरामको निष्कर्ष: यी तीन कारणले मुलुक संकटतर्फ धकेलियो
काठमाडौं । जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले अहिले मुलुकमा तीनवटा संरचनात्मक कारणले संकट देखिएको बताएका छन् । नेता भट्टराईले अहिलेको संकटको संरचनात्मक कारण र त्यसको दीगो हल कसरी खोज्न सकिन्छ भन्ने विषयमा समेत ३ वटा उपायहरु सुझाएका छन् ।
बिहीबार साँझ सामाजिक सञ्जाल ट्वीटरमार्फत भट्टराईले नेपालमा संकट निम्तिनुको पहिलो संरचनात्मक कारण विश्वमा नयाँ शितयुद्धको थालनी र नेपालमा त्यसको प्रभाव भएको स्पष्ट पारेका छन् । त्यसका लागि नेपालले बेलैमा नयाँ रणनीति बनाउनुपर्नेमा समेत उनले जोड दिएका छन् ।
त्यस्तै दोश्रो कारण विश्व उत्तर–पुँजीवादी चरणमा रहेको र नेपाल किनारा–पुँजीवादी चरणमा भएकोले संकट निम्तिएको उनको भनाई छ । त्यसका लागि नेपालले विश्वसँग पदचाप मिलाउनुपर्ने उनले बताएका छन् । त्यसैगरी संकटको तेश्रो कारण नेपालमा काँग्रेसमा नवउदारवाद र नेकपामा स्टालिनवादको खच्चड राजनीति देखिएको उनको आरोप छ । त्यसका लागि नयाँ समाजवादी लोकतन्त्रको विकास गर्नुपर्नेमा भट्टराईले जोड दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कति छ अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन, क्यानेडियन र हङकङ डलरको मूल्य ?
-
आज देशभर अक्षय तृतीया पर्व मनाइँदै
-
च्याम्पियन्स लिग सेमीफाइनल पहिलो लेगमा पीएसजी विजयी, आर्सन पर्यो दबाबमा
-
पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल निर्विरोध निर्वाचित
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला