मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

प्रहरीसँगको झडपमा घाइते भएका विद्यार्थी नेताको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे जनार्दन

बिहीबार, २९ माघ २०७७, २१ : ५४
बिहीबार, २९ माघ २०७७

नेकपा-प्रचण्ड नेपाल पक्षका प्रभावशाली नेता जनार्दन शर्माले रामकुमारी झाँक्री रिहाइको माग गर्दै भएको प्रदर्शनका क्रममा प्रहरीसँगको झडपमा घाइते भइ उपचाररत विद्यार्थी नेताहरुलाई भेटेर स्वास्थ्य लाभको कामना गरेका छन् । 

राजधानीको बानेश्वरमा भएको प्रदर्शनका क्रममा विद्यार्थी नेताहरु क्षितिज सापकोटा,आरति लामा, दिपा जैसी ममता अधिकारी, मनिषा कार्की, अनु आकुरा, यादव सिंह ठकुरी, नवीन थापालगायत घाइते भएका छन् । उनीहरु उपचाररत अस्पतालमै पुगेर शर्माले स्वास्थ्य अवस्थाबारे जानकारी  लिँदै शीघ्र स्वास्थ्यलाभकाे कामना गरेका हुन् । 

प्रहरीले झाँक्रीलाई राष्ट्रपतिमाथि अशोभनीय टिप्पणी गरेको अभियोगमा पक्राउ गरेर साँझ छाडेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप