सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

कलाकार सिम्खडाको कविता संग्रह विमोचित

बिहीबार, २९ माघ २०७७, २१ : ५०
बिहीबार, २९ माघ २०७७

काठमाडौं । सामाजिक अभियन्ता तथा हास्यव्यंग्य कलाकार श्रीकृष्ण सिम्खडाले कविता सङ्ग्रह प्रकाशित गरेका छन् । ‘श्रीकृष्ण सिम्खडाका कविताहरु’ नामक पुस्तकको बिहिबार एक कार्यक्रमकाबीच विमोचन गरिएको छ ।

कवि एवं पूर्वमन्त्री शंकरप्रसाद कोइराला तथा उनकी आमा धनकुमारी कोइरालाको हातबाट पुस्तकको विमोचन गरिएको हो ।

कवि कोइरालाले सिम्खडाको व्यक्तित्वको चर्चा गर्दै भने, 'बहुमुखी प्रतिभाका धनी श्रीकृष्णजीको परिचयमा अब कवि व्यक्तित्वसमेत थपिएको छ, म बधाई दिन्छु, यो क्षेत्रमा स्वागत गर्छु र सफलताको शुभकामना पनि दिन्छु ।'  

कोभिड  १९ को महामारीका बेलाको फुर्सदमा मनमा फुरेका शब्द टिपोट गर्दै राख्दा यो कविता संग्रह बनेको सिम्खडाले बताए ।

विमोचन समारोहमा साहित्यकार कोइराला, पूर्वसचिव केशव भट्टराई, रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमला, भोजपुर सेवा समाजका अध्यक्ष पासाङ शर्पा, पशुपति विकास कोषका सदस्य देवी बराल तथा गीतकार दिपेन्द्रनाथ शर्माले कविता सङ्ग्रहमाथी टिप्पणी गरेका थिए ।

कविता संग्रहमा हो कि होइन ल भन्नुस्त ?, प्याज किन्न गाथ्यो, उस्लाई लाज लाग्दैन, हावा चलि रह्यो, वैधानिक गुन्डा, सुतेरै बुढो भए भन्छ, नेताजी, कोरोना थियो थिएन, मेरो टोलमा साहु छ जस्ता शीर्षकमा ३६ वटा कविता समेटिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप