बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गर्न पोखरा–सिमरा सिधा हवाई सेवा सुरु गर्ने

बिहीबार, २९ माघ २०७७, २० : २०
बिहीबार, २९ माघ २०७७

पोखरा । पर्यटकीय नगरी पोखरा र सिमराबीच सिधा हवाई सेवा सुरु हुने भएको छ । आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनका लागि गण्डकी प्रदेश सरकार,यति तारा एअरलाइन्स र जीतपुर सिमरा उपमहानगरपालिका बीच हवाइ सेवा संचालन गर्न सहमत भएका छन् ।

यसमा पोखरा महानगरपालिका र पर्यटन ब्यवसायी समेतको समर्थन रहेको छ । बिहीबार उनीहरु बिच पोखरामा भएको छलफलमा चैत १५ गतेदेखि हप्तामा ३ दिन हवाई सेवा सञ्चालन गर्ने टुङगो लागेको हो । 

गण्डकी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले चैत १५ गते फागुपुर्णिको अवसरमा पोखरा सिमराबीच हवाइ उडान शुरु गर्ने बताए । उनले गण्डकी प्रदेश सरकारको ७ वटै प्रदेशमा हवाई सञ्जालमा जाड्ने योजना अनुसार सिमरामा उडान गर्न  लागिएको बताए । 

अहिले गण्डकी प्रदेश र अन्य दुई प्रदेशमा हवाई सेवा सञ्चालन हुदै आएको छ । पोखराबाट प्रदेश १ को विराटनगरमा हवाइ सेवा सुरु गरिएको भएपनि कोरोना महावारीका कारण सेवा अबरुद्ध छ ।

पोखराबाट सिमरा आइतबार, बुधबार र शुक्रबार नियमित उडान गर्ने सहमती भएको मन्त्री लम्सालले बताए । यात्रका लागि ३० मिनेटको समय लाग्ने र प्रतियात्री भाडा ४५ सय रुपैयाँ लाग्ने बताइएको छ ।

यती एयरले २९ सिटे सानो जहाजबाट सेवा शुरु गर्ने यती तारा एयरलाइन्सका वरिष्ठ निर्देशक सरल शमशेर जवराले जानकारी दिए । 
बिहीबार पोखरामा भएको छलफलमा प्रदेश नीति तथा योजना आयोगका सदस्य डा.विष्णुराज बराल, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, जितपुर सिमरा उपमहानगरपालिकाका मेयर कृष्ण पौडेल, मन्त्रालयका सचिव डा.महेश्वर ढकालको सहभागिता रहेको थियो ।

त्यसैगरी छलफलमा पोखरा विमानस्थलका प्रमुख विक्रम गौतम, उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष संजीवबहादुर कोइराला, उद्योग वाणिज्य संघ जीतपुर सिमराका अध्यक्ष संजयकुमार शाह, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराई, टान पोखरा अध्यक्ष शुषिलराज पौडेल लगातले छलफलमा भाग लिएका थिए ।

उनीहरुले पोखरा सिमरा हवाइ सेवा शुरु भएपछि आन्तरिक तथा बाह्यि पर्यटकको आगमन बढ्ने बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप