सडक पूर्वाधार कार्यालय रोल्पाका प्रमुखसहित चार जना अख्तियारको फन्दामा
बिहीबार, २९ माघ २०७७, २० : ११
सडक पूर्वाधार बिकास कार्यालय रोल्पाका निमित्त कार्यालय प्रमुख नवीन श्रेष्ठ सहित चार जनालाई अख्तियार कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ । स्रोत नखुलेको रकम सहित उनीहरुलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
त्यसरी नियन्त्रणमा लिएकाहरुमा कार्यालय प्रमुख श्रेष्ठ सहित ईन्जिनियर निर्मल पन्त, सब ईन्जिनियर प्रेम कुमार बराल र हलुका सवारी चालक मान सिंह पुन मगर रहेको प्रवक्ता सुरेश भुषालले रातोपाटीलाई बताए ।
स्रोत नखुलेको १ लाख ९० हजार नगद रकम सहित रोल्पाबाट बुटवलतर्फ आउँदै गर्दा रुपन्देही सैनामैना नगरपालिका वडा नं १० स्थित पूर्व पश्चिम लोकमार्गको कोठी बनबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलको टोलीले आज दिउँसो नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार कार्यालय बुटवलले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी