बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशमा चैत १९ र २० गते लगानी सम्मेलन गर्ने मन्त्रिपरिषदको निर्णय

बिहीबार, २९ माघ २०७७, १९ : ५२
बिहीबार, २९ माघ २०७७

बुटवल । लुम्बिनी प्रदेशमा चैत १९ र २० गते लगानी सम्मेलन हुने भएको छ । बाह्य लगानी भित्राउने उदेश्यले गर्ने लागनी सम्मेलन  २०७७ चैत १९ र २० गते गर्ने विहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले  निर्णय गरेको हो ।

बैठकपछि निर्णय सार्वजनिक गर्दै लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बैठकले सम्मेलनको मिति मात्रै तोकिएको जानकारी दिए ।

उनले प्रदेश सरकारको पूर्ववतः योजना अनुसार नै सम्मेलन हुन लागेको उनले जानकारी गराउदै स्थान र अन्य बिषयमा समितिले निर्णय गर्ने बताए ।

उनले भने, लुम्बिनी प्रदेश सरकारले पहिले देखि नै लगानी सम्मेलनको तयारी गरिरहेको थियो, त्यहि समयमा कोरोना आयो, हामीले बनाएको योजना अनुसार नै मिति तोकेका हौँ ।’

प्रदेशको राजधानी वा मुकाममा भन्ने पत्रकारको प्रश्नको जवाफ दिँदै प्रवक्ता एवं मन्त्री चौधरीले भर्ने  यो सम्मेलनको स्थानको वियमा अझै टुंगो लागेको छैन्, यसको लागि स्थान भन्दा पनि ठुलो खालको होटल आवश्यक पर्छ, त्यसको व्यवस्थापन हुन्छ ।’

सरकारले बैशाखमा निर्वाचनको मिति तोकेपनि सम्मेलन गर्नलाई निर्वाचन आयोगले निर्णय नगर्दा सम्म काम जारी रहने उनले जानकारी दिए । यसको विषयमा आवश्यक समन्वय लुम्बिनी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीलाई संयोजक तोकिएको उनले जानकारी दिए ।

लगानी सम्मेलनको लागि अवधारण पत्र बनाइने जानकारी गराउँदै उनले प्रोजेक्ट बैङ्ग लागायतका कामहरु हुने उनले जानकारी दिए ।

यस्तै आज बसेको बैठकले  निर्णयहरु गरेको छ । लुम्बिनी प्रदेश मन्त्रीपरिषद्को बैठकले स्थायी राजधानी व्यवस्थापन कार्यालयको संगठन संरचना र दरबन्दी स्वीकृत गरेको छ  । बैठकले प्रदेश प्रशिक्षण प्रतिष्ठान नियमावली २०७७ स्वीकृत गरेको छ ।

यस्तै बैठकले प्रदेश अनुसन्धान व्यूरो स्थापना र संरचना संवन्धी कानुनी व्यवस्थ गर्न बन्ने विधेयकको अवधारणा पत्रमा सैद्धान्तिक स्वीकृति समेत प्रदान गरेको बैठकपछि पत्रकार सम्मेलनमा प्रवक्ता चौधरीले जानकारी दिए ।

यस्तै बैठकले आइसोलेसन केन्द्र सञ्चालन तथा व्यवस्थापन सम्बन्धी पहिलो संसोधन गरी म्याद थपिएको छ । कोरोनाको महामारी फेरीपनि आउन सक्ने भन्दै सञ्चालनमा रहेको कोरोना अस्पतालहरुको म्याद चैत्र मसान्तसम्म लम्बाईएको छ ।

यस्तै मुख्यमन्त्री शंकर पोखरेलले राजनीतिक र जनसम्पर्क सल्लाहकार नियुक्ती गरेका छन् । बैठकले झपेन्द्र जिसीलाई प्रमुख राजनीतिक सल्लाहकार नियुक्ती गरिएको र उनलाई राज्यमन्त्री सरहको सेवासुविधा प्रदान गरिने मन्त्रीपरिषद् बैठकपछि प्रदेश सरकारका प्रवक्ता चौधरीले जानकारी दिए ।

मुख्यमन्त्री पोखरेलले जनसम्पर्क सल्लाहकारमा छविलाल वलीलाई नियुक्ती दिइइएको र उनको सेवा सुविधा सहायकमन्त्री सहर हुने उनले जानकारी दिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप