विदेश भ्रमणमा सहमति चाहिनेबारे सरकारले निर्णय गरेको छैन: मन्त्री महतो
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले विदेश भ्रमण प्रवेशाज्ञामा ४० वर्ष मुनिका महिलाका लागि स्थानीय तह र परिवारको सहमति चाहिनेबारे सरकारले कुनै निर्णय नगरेको प्रष्ट पारेका छन् ।
मन्त्रालयद्वारा यहाँ आज आयोजित अन्तरक्रियामा मन्त्री महतोले भने– “भ्रमण भिषामा ४० वर्ष मुनिका महिलालाई सहमति चाहिनेबारे सरकारले कुनै निर्णय गरेको छैन, बाहिर मिडियामा आएको समाचारमा कुनै सत्यता छैन, व्यक्तिले चलाएको छलफललाई मात्र बाहिर ल्याउने काम भएको हो, सरकारलाई बदनाम गर्ने काम गरिएको छ ।” मन्त्री महतोले त्यसबारेमा सरकारले कुनै निर्णय नगरेको भन्दै सरकारलाई अनावश्यक बदनाम नगर्न आग्रह गरे ।
अध्यागमन विभागले थालेको भ्रमण भिषामा ४० वर्षमुनिका महिलाका लागि स्थानीय तह र परिवारको सहमति चाहिने कार्यविधि संशोधन गर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको छ । प्रस्तावमा रहेको भ्रमण भिषामा जाने महिलालाई पारिवारिक तथा स्थानीय निकायको अनुमति चाहिने प्रावधानको विरोध गर्दै विभागमा आज प्रदर्शन गरिएको छ ।
विभागले भने सबै मुलुकमा जाने महिलाका लागि नभएर केही निश्चित मुलुकका लागि मात्र संशोधन गर्नुपरेको बताउँदै आएको छ । सबै मुलुकमा नभइ खाडी मुलुक र अफ्रिकन देशमा ४० वर्षमुनिका महिला बढी जाने, उनीहरू भ्रमणको नाममा गएर उतै काम खोजेर बस्ने भएकाले जोखिम कम गर्नमा संशोधन गर्नुपरेको विभागको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्पादनमा निर्भर अर्थतन्त्र बनाउनुपर्छ : अध्यक्ष अग्रवाल
-
राजनीति भनेको छापामार युद्धजस्तो होइन ः गुरुराज घिमिरे
-
निर्मला पन्तको घटना ह्युमन इन्टेलिजेन्स विधिबाट अनुसन्धान गर्दैछौँ : प्रहरी
-
पूर्वप्रस्थान तालिमका लागि आईरिस सिस्टम पूर्णरूपमा लागू
-
नारीवादी परराष्ट्र नीतिमा परराष्ट्रमन्त्रीको जोड
-
न्याय परिषद्लाई गतिशील बनाएमात्रै न्याय क्षेत्रका विकृतिहरूको अन्त्य हुन्छ : प्रधानन्यायाधीश राउत