अफगान सेनाको हवाई कारबाही, २७ तालिबान लडाकू मारिए
बिहीबार, २९ माघ २०७७, १९ : २८

लस्कर गह । अफगान सेनाले हेल्मन्ड प्रान्तमा बुधबार गरेको हवाई कारबाहीमा तालिबान समूहका कम्तीमा २७ जना लडाकू मारिएका छन् । सेनाद्वारा बिहीबार जारी विज्ञप्तिमा तालिबान लडाकूहरु लुकेर बसेको भन्ने सूचनाका आधारमा हवाई कारबाही गरिएको उल्लेख छ ।
सेनाले हवाई कारबाही मुख्यतः नावा, नहर–ए–सेराज र गर्मसिर जिल्लामा केन्द्रित भएको जनाएको छ । कारबाहीमा लडाकूतर्फका हन्जला र बाराकात नाम गरेका कमान्डर पनि मारिएको सेनाको दाबी छ । तालिबान समूहले भने उक्त कारबाहीका बारेमा केही बताएका छैनन् । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेता ब्रान्डविरुद्ध बलात्कारको मुद्दा
-
संविधानमाथि चुनौती दिन केही शक्ति सक्रिय : महासचिव पोखरेल
-
‘अबको दशक मिल्काइसकेको पात्रको बारेमा छलफल गर्ने समय होइन’
-
ऋषभ पन्तलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना
-
‘रवि लामिछानेको लडाइँ कानुनी मात्रै होइन, राजनीतिक लडाइँ पनि हो’
-
शिक्षकका जायज माग सम्बोधनमा ढिला हुनु हुँदैन : एनपी साउद