बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बैतडी जानुअघि काँग्रेस नेता लेखकद्वारा भागरथी हत्या घटनाबारे गृहमन्त्रीसँग छलफल

बिहीबार, २९ माघ २०७७, १९ : २७
बिहीबार, २९ माघ २०७७

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकले बिहीबार गृहमन्त्री रामबहादुर थापा बादलसँग भेट गरेका छन् । पार्टीले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्याबारे अध्ययन गर्न प्रतिनिधि तोकेपछि लेखकले घटनास्थल जानुअघि गृहमन्त्रीसँग भेटवार्ता गरेका हुन् । 

गृहमन्त्रीसँगको भेटवार्तामा साथमा  नेपाली काँग्रेस बैतडीका पूर्व पार्टी सभापति शिबराज भट्ट , पाटन नगरपालिका नगर प्रमुख पूर्व सहाय मन्त्री केशब बहादुर चन्द, महासमिति सदस्य उत्तर बहादुर ऐर र महाधिवेशन प्रतिनिधि दिनेश भट्ट सहभागी थिए । गृहमन्त्री बादलसँगको भेटमा उनले भागरथीको हत्या गर्नेलाई पत्ता लगाएर कारबाही गर्न ध्यानाकर्षण गराएका थिए ।

पूर्वमन्त्रीसमेत रहेका लेखकले भागरथीका हत्याराका साथै निर्मला पन्तका हत्यारालाई पनि चाँडो पत्ता लगाएर कारबाही गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए । साथै आगामी दिनमा यस्ता जघन्य अपराध रोक्‍न कडा नियम बनाउन र कार्यान्वयन गर्नसमेत गृहमन्त्रीसामू लेखकको माग छ । 

जवाफमा गृहमन्त्री थापाले घटना सम्बन्धमा अनुसन्धानलाई तीव्रता दिइएको र छिट्टै अपराधि पत्ता लगाउने बताएका थिए । यस्तै छाननबिनको लागि गृह मन्त्रालयको उच्च्स्तरीय टोली घटनास्थल पठाउने  प्रतिबद्धता जनाएको नेता लेखकका स्वकीय सचिव जनक भट्टले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप