शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मानसिक रोगीलाई मृत्युदण्ड नदिन पाकिस्तानी सर्वोच्च अदालतको आदेश

बिहीबार, २९ माघ २०७७, १८ : २६
बिहीबार, २९ माघ २०७७

एजेन्सी । पकिस्तानको सर्वोच्च अदालतले गम्भिर खाले मानसिक रोगबाट ग्रस्त भएका कैदीहरुलाई मृत्युदण्ड नदिन आदेश दिएको छ । विशेषगरी मृत्युदण्डको प्रकृतिलाई समेत नबुुझ्ने मानसिक रोग भएका कैदीहरुलाई सजाय दिदाँ न्याय नहुने अदालतको फैसला छ । 

‘यदि मानसिक रोगका कारण आफ्नो सजाय पछाडिको तर्कसंगत कारण थाहा पाउन कैदी असमर्थ छ भने मृत्युदण्ड दिएर न्याय मिल्दैंन’ अदालतको फैसलामा भनिएको छ ।  विश्वमा धेरै मृत्युदण्ड दिने देशमध्ये पाकिस्तान एक हो । मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेशनलको वार्षिक प्रतिवेदनअनुसार सन् २०१९ मा यहाँ ४ हजार २ सय २५ जनाले मृत्युदण्डको मुद्दा खेपिरहेका थिए ।

यसवर्ष ६ सय ३२ जनालाई मृत्युदण्ड दिनका लागि अदालतले फैसला सुनाएको थियो ।  हत्या, सामूहिक बलात्कार, अपहरणलगायत ३३ वटा विभिन्न अपराधमा यहाँ मृत्युदण्ड दिइने व्यवस्था छ । न्यायिक प्रणालीको दुुरुपयोग भइरहेको भन्दै अभियान चलाइरहेका मानवअधिकारवादी समूहहरुले बुुधबारको अदालतको फैसलालाई स्वागत गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप