बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

नेकपा नेत्री रामकुमारी झाँक्री रिहा

बिहीबार, २९ माघ २०७७, १८ : २२
बिहीबार, २९ माघ २०७७

नेकपा प्रचण्ड-नेपाल पक्षकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ । उनलाई प्रहरीले  श्रीमान् पशुपति पुरीको जिम्मा जमानीमा रिहा गरेकाे हो । राष्ट्रपतिविरुद्ध अशोभनीय अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले झाँक्रीलाई बिहीबार  मध्यान्ह बानेश्वरस्थित घरबाटै पक्राउ गरेर अपराध अनुसन्धान विभागमा दिनभर राखेको थियो । 

प्रहरीले राज्यविरूद्धको कसुर दफा ५८ अनुसार झाँक्रीलाई पक्राउ पुर्जी थमाएको थियो ।  उनलाई प्रहरीले पक्राउ गरेपछि प्रचण्ड–नेपाल पक्षसहित, नेपाली काँग्रेस, विभिन्न दलका नेता, अधिकारकर्मीलगायतले विरोध गर्दै तत्काल रिहाइको माग गरेका थिए । यस्तै केपी ओली नेतृत्वको सरकारको सामाजिक सञ्जालमा समेत चर्को आलोचना भएको थियो ।

यस्तै प्रचण्ड–नेपाल पक्षका नेता कार्यकर्ताले राजधानीको नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन समेत गरेका थिए । 

यसैबीच महाशाखामा झाँक्रीले आफ्नो राष्ट्रपति र सो संस्थाप्रति सम्मान रहेको बताएकी थिइन् । महाशाखाका प्रमुख एसएसपी दीपक थापाले झाँक्रीले राष्ट्रपति र सो संस्थाप्रति सँधै सम्मान रहेको र आगामी दिनमा पनि रहने बताएको जानकारी दिए ।

उनका अनुसार झाँक्रीले संविधानले अभिव्यक्ति स्वन्त्रता दिएको हुनाले आफूले राष्ट्रपतिको आलोचना गर्दै भाषण गरेको बताएकी थिइन् । गोरखामा भएको एक कार्यक्रममा उनले राष्ट्रपतिको कडा आलोचना गरेकी थिइन् भने सो अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री ओली समूहका महिला नेत्रीहरुले आपत्ति जनाउँदै उनलाई कारबाही गर्न माग गर्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप