बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बानेश्वर क्षेत्र तनावग्रस्त : प्रहरीको गाडीमा ढुंगामुढा, प्रदर्शनकारीमाथि लाठीचार्ज (तस्बिरहरु)

बिहीबार, २९ माघ २०७७, १८ : १३
बिहीबार, २९ माघ २०७७

राजधानीको नयाँ वानेश्वर क्षेत्र तनावग्रस्त भएको छ।  नेकपा प्रचण्ड–नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्री पक्राउको विरोधमा सो पार्टीसम्बद्ध युवा विद्यार्थीले गरेको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । 
सो क्रममा प्रदर्शनकारीले प्रहरीको गाडीमा ढुंगामुढा गरेको छन् भने ढुंगामुढाबाट प्रहरीको एउटा गाडीमा क्षति पुगेको छ । 
यस्तै प्रहरीले स्थिति नियन्त्रणका लागि लाठीचार्ज गरेको छ । 

झाँक्रीलाई रिहाइको माग गर्दै युवा विद्यार्थीले प्रदर्शन गरेका हुन् । राष्ट्रपतिविरुद्ध अशोभनीय अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले बिहीबार नै झाँक्रीलाई पक्राउ गरेको थियो ।

तस्बिरहरु : सुवास श्रेष्ठ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप