शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बाबुराम भट्टराईको प्रश्नः के यो सरकारको काल आएकै हो ?

बिहीबार, २९ माघ २०७७, १७ : १६
बिहीबार, २९ माघ २०७७

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपतिबारे विचार दिएकै आधारमा गिरफ्तार गर्नु नेपालको संविधान विपरित भएको टिप्पणी गरेका छन् । 

सामाजिक सञ्जाल ट्वीटरमा संविधानको धारासहति ट्वीट गर्दै भट्राइले– ‘ओली सरकारले राष्ट्रपतिबारे विचार अभिव्यक्ति दिएकै आधारमा युवा नेतृ रामकुमारी झाँक्रीलाई गिरफ्तार गरेछ । नेपालको संविधानले प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता दिन्छ । संविधानको पालन र संरक्षण गर्नुपर्ने राष्ट्रपतिले नै उल्लंघन गरेपछि किन नबोल्ने ? के सरकारको काल आएकै हो ?’ भनेर प्रश्न गरेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप