बोले मानव अधिकारकर्मी, रामकुमारी पक्राउ संविधानको २ (क) विपरित
बिहीबार, २९ माघ २०७७, १६ : ५४
काठमाडौं । मानव अधिकार तथा सामाजिक रुपान्तरण अभियान नेपालले नेकपा प्रचण्ड–नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्री पक्राउको भर्त्सना गर्दै अभिव्यक्ति स्वतन्त्रतामाथिको निर्लज्ज हस्तक्षेप भनेको छ ।
अभियानका अध्यक्ष विष्णु पुकार श्रेष्ठले प्रेस वक्तव्य जारी गर्दै सरकारको यो कार्य नेपालको संविधान २०७२ (२) क विपरित भएको जनाएका छन् ।
झाँक्रीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।