कल्पनामा पनि म अन्तरिक्ष यात्रामा रमाइराखेको हुन्छु
फेब्रुअरी ११ विज्ञानमा महिला तथा बालिकाका लागि अन्तर्राष्ट्रिय दिवस (International day of Women and Girls in Science) हो । यस अवसरमा नेपाल एस्ट्रोनाेमिकल सोसाइटीका परियोजना संयोजक मनिषा द्वासँग गरिएको कुराकानीको सम्पादित उतार प्रस्तुत छ :
इन्टरनेसनल डे अफ विमेन एण्ड गर्ल्स इन साइन्सको उपयोगिता के हो ? यो कहिलेदेखि मनाउन थालिएको हो ?
२०१५ डिसेम्बर २२ मा संयुक्त राष्ट्रसङ्घको साधारणसभाबाट पारित भएलगत्तै महिला तथा बालिकाका लागि अन्तर्राष्ट्रिय विज्ञान दिवस संसारभर प्रचलनमा आएको हो । नेपालमा पनि यो दिवस मनाइन्छ । यो दिवसको उपायोगिताका बारेमा भन्ने हो भने यसले महिला तथा बालिकाहरुको विज्ञानप्रतिको अभिरुचिलाई सम्मान तथा आत्मसात गरेर उनीहरुलाई हौसला तथा प्रोत्साहन दिने हो ।
‘नासो विज्ञानमा महिला’ भनेर नेपाल एस्ट्रोनोमिकल सोसाइटीले सुरु गरेको पुरस्कार वितरण कार्यक्रमहरु यही दिनको अवसर पारेर यो वर्ष बाँड्दैछौँ । त्यसैगरी चौथो नासाे विज्ञानमा महिला पुरस्कारको छनौटमा उत्कृष्ट हुन सफल हुनुभएको १८ जना महिलालाई हामी सम्मान पनि गर्दैछौँ ।
यो वर्षको नारा "ओमेन साइन्टिस्ट एट द फोरफ्रन्ट अफ द फाइट एगेन्स्ट कोभिड-१९" हो । यो नाराले नै धेरै कुरा प्रस्ट पारेको छ । एउटी महिला जो आमा हुन्, उहाँले आफ्नो बच्चा बिरामी हुँदा कति जिम्मेवार भएर सम्हाल्छिन् हामी सबैलाई थाहा छ । त्यसैगरी अहिले सबै विज्ञानमा लागेका महिला दिदीबहिनीहरुलाई उत्तिकै अवसर दिन सकेको भए कस्तो परिणाम आउँथ्यो होला, हामीले विचार गर्न सक्छौँ हैन र ?
हाम्रो समाजमा जरो गाढेको सोचाइ तथा यथास्थितवादी प्रवृत्तिले विशेष गरी महिला तथा बालिकाहरुलाई विज्ञान गाह्रो हुन्छ, यो विषय तिम्रा लागि हैन भन्नेजस्ता हतोत्सित गर्ने गर्छ । यस्ता कुराले उनीहरुको निर्णय गर्नसक्ने क्षमतालाई नै कताकता बाधा पुर्याइरहेको छ । यस्तो स्थितिमा उनीहरुलाई खुला रूपमा स्वतन्त्रतापूर्वक अफूले चाहेको कुरा गर्न अलिक अप्ठ्यारो अनुभव गर्ने, अलिक हिच्किचाउने हुँदा कतिपय घटनामा आफ्नो इच्छालाई मारेर बस्ने गरेको पनि हामीले भोग्दै आइरहेका छौँ ।
नेपालमा कहिलेदेखि मनाउन थालियो ?
नेपालमा २०१६ बाट नै नेपाल एस्ट्रोनोमिकल सोसाइटीले मनाउन थालेको हो । यही दिवसको अवसर पारेर २०१७ बाट नेपाल एस्ट्रोनोमिकल सोसाइटीले ‘नासो विज्ञानमा महिला’ पुरस्कारको शुरुवात पनि गर्यो । अहिले यो दिनलाई विशेष रूपमा लिने गरिनु एकदमै सराहनीय कदम हो । यसले गर्दा धेरैभन्दा धेरै नारीले अवसर र आवाज राख्ने ठाउँ पाउनुभएको छ ।
नेपालका महिला तथा बालिकाहरूमा विज्ञानप्रतिको रुचि कस्तो र कतिको रहेको देख्नु हुन्छ ?
रुचि धेरै छ । विशेषगरी बालिकाहरुमा एकदमै रुचि छ तर उनीहरुको इच्छामा विस्तारै ह्रास आएको चाहिँ उमेर र समयले हो । एउटा कारण हाम्रो समाजमा रहेको समस्या पैदा गर्ने सोचाइ पनि हो ।
हाम्रो समाजमा जरो गाढेको सोचाइ तथा यथास्थितवादी प्रवृत्तिले विशेष गरी महिला तथा बालिकाहरुलाई विज्ञान गाह्रो हुन्छ, यो विषय तिम्रा लागि हैन भन्नेजस्ता हतोत्सित गर्ने गर्छ । यस्ता कुराले उनीहरुको निर्णय गर्नसक्ने क्षमतालाई नै कताकता बाधा पुर्याइरहेको छ । यस्तो स्थितिमा उनीहरुलाई खुला रूपमा स्वतन्त्रतापूर्वक अफूले चाहेको कुरा गर्न अलिक अप्ठ्यारो अनुभव गर्ने, अलिक हिच्किचाउने हुँदा कतिपय घटनामा आफ्नो इच्छालाई मारेर बस्ने गरेको पनि हामीले भोग्दै आइरहेका छौँ । त्यसैले मनमा हुँदाहुँदै पनि आफ्नो रुचिको विषयलाई तिलाञ्जलि दिएको हामी देख्न सक्छौँ । तर अवसर पाए उहाँहरु पनि धेरै अगाडि बढ्नसक्ने स्थिति छ । नेपाली महिला र बालबालिकाहरुमा पनि क्षमताको कमी चाहिँ कदापि छैन ।
विज्ञान विषय एकदमै गहन विषय हो र यसप्रति ममा विशेष लगाव र रुचि जाग्नुको पछाडि मेरी आमाको विशेष हात छ । मेरो रुचि र लगाव अनि आमाकै प्रोत्साहनका कारण विस्तारै म विद्यालयमा क्षमतावान विद्यार्थीको लिस्टमा पर्न थालेँ । त्यसपछि आफूलाई विज्ञान मेरो विषय हो भन्ने कुरातर्फ जिम्मेवारी बढ्न थाल्यो ।
तपाईंमा विज्ञान अथवा एस्ट्रोनोमीप्रति रुचि कसरी र कुन उमेरमा आयो ?
विशेष गरेर मलाई सानैदेखि आमाले पढाइमा केन्द्रित गराउन खोज्नुभएको थियो । अनि विज्ञान विषय एकदमै गहन विषय हो र यसप्रति ममा विशेष लगाव र रुचि जाग्नुको पछाडि मेरी आमाको विशेष हात छ । मेरो रुचि र लगाव अनि आमाकै प्रोत्साहनका कारण विस्तारै म विद्यालयमा क्षमतावान विद्यार्थीको लिस्टमा पर्न थालेँ । त्यसपछि आफूलाई विज्ञान मेरो विषय हो भन्ने कुरातर्फ जिम्मेवारी बढ्न थाल्यो । आमाले किताब पढेर मात्र पुग्दैन भन्ने गर्नुहुन्थ्यो । त्यसैले सकेसम्म अन्य स्रोतका सामग्री सङ्कलन गरेर अध्ययन गर्न थालेँ । अनि धेरै प्रश्न सोध्ने, अरुले भनेको भन्दा बेग्लै कारण र उत्तरहरु छन् कि भनेर खोजबिन गर्न थालेँ । त्यसरी मेरो विज्ञानप्रति रुचि बढ्दै गएको हो । खगोलशास्त्र विषय चाहिँ स्नातकोत्तर गर्ने बेलामा बल्ल थाहा भएको हो । तर यो एस्ट्रो स्पेस भन्ने शब्दप्रतिको रुचि आमाले गर्द नै आएको हो । किनभने उहाँले अन्तरिक्ष र ग्रहहरुका कथा भन्ने गर्नु हुन्थ्यो ।
तपाईं विज्ञानलाई कसरी बुझ्नुहुन्छ ?
विज्ञान विशाल ज्ञान हो भन्ने एक पटक कतै पढेको थिएँ । त्यसपछि अहिले मैले व्याख्या नै गर्नुपर्यो भने मेरो विचारमा विज्ञान बुझ्न जान्यो भने अरु विषय बुझ्न धेरै सजिलो हुन्छ । गहिराइमा बुझ्न जानियो भने एकदमै रमाइलो छ तर विज्ञान र विज्ञानसँग सम्बन्धित कुरालाई सतही रूपमा मात्र हेर्न थालियो भने एकदम अर्थहीन हुन्छ ।
अन्तिरक्ष विज्ञानले आगामी दिनमा सबैभन्दा महान छलाङ कुन दिशामा लाउने अनुमान छ तपाईंको ?
केही समययता असम्भव भनिएका कुरा सम्भव भइराखेका छन् । चाहे त्यो चन्द्रमामा पाइला टेकिएको कुरा होस् या अब मिसन मङ्गलकै कुरा किन नहोस्, अहिले स्पेस एक्सले चालेका अभियानहरुले यस क्षेत्रमा नयाँ आयाम ल्याएको छ । त्यसैगरी मङ्गलमा बसोबासको सम्भावनाको खोजीको कुरा पनि आएको छ । त्यसले जुन गतिमा अहिले अन्तरिक्ष क्षेत्रमा विकास भइराखेको छ त्यो अवस्था हेर्दा अबको छलाङ मङ्गलमा मानव जातिको बस्ती बसाल्ने उद्देश्य प्राथमिकतामा पर्ने देख्छु ।
तपाईं नेपालको अन्तरिक्ष संस्था नासोमा आबद्ध हुनुहुन्छ । यसले खास के काम गर्छ ?
नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) को तीन आधारभूत खम्बा हुन् – १) आउट रिच, २) एजुकेसन ३), रिसर्च । यी तीन आयाममा हामी काम गर्दै आइरहेका छौँ । तीमध्ये पनि हाम्रो अझ विशेष ध्यान विद्यार्थीलाई विज्ञान र अन्तरिक्षप्रति लगाव बढाउने उद्देश्यले विभिन्न तालिम, प्रतियोगिता गर्दैगराउँदै आएका छौँ ।
त्योबाहेक अन्तरिक्ष तथा अन्तरिक्ष विज्ञानसम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रम पनि गर्दै आएको छ ।
त्यसबाहेक, महिला तथा बालिकालाई विज्ञानका क्षेत्रमा उनीहरुले गरेको कदमको सराहना गर्ने उद्देश्यले "विज्ञानमा महिला" पुरस्कारको सुरुवात पनि गरेको छ ।
तपाईं आफूभन्दा साना विद्यार्थीलाई आधुनिक विज्ञानको कुन क्षेत्रमा अघि बढ्ने परामर्श दिनु हुन्छ ?
विज्ञानको यो क्षेत्रमा नै लाग भनेर कसैलाई परामर्श दिँदा ठीक हुन्छ जस्तो मलाई लाग्दैन । रोजाइ उनीहरुको हो । सबैको एकैखाले इच्छा र चाहना हुँदैन । त्यसैले भाइबहिनीहरुलाई जुन क्षेत्र मन पर्छ, त्यो नै समाउँदा राम्रो उपलब्धि प्राप्त हुन्छ । आफू पनि सन्तुष्ट हुन्छन् । तर जुन क्षेत्र रोजे पनि निरन्तरता नै सफलताको चाबी हो भन्ने कुरा भुल्न हुँदैन । आफूलाई मनपरेको विधा समाउने अनि त्यसमा धेरै खोजबिन गर्नु जरुरी छ । यति पढेर पुग्छ भन्ने कुरा हुँदैन । अबका पिँढीले अगाडिका १५ वर्षलाई हेरेर आफू तयारी हुनुपर्ने हुन्छ । त्यसैले त्यहीअनुरूप आफूलाई तयार गर्ने गर्नुपर्छ । अबको समय अझ बढी प्रतिस्पर्धी हुनेवाला छ । त्यसका लागि आफूलाई सक्षम बनाउनतिर लाग्नुपर्छ ।
विज्ञानको यो क्षेत्रमा नै लाग भनेर कसैलाई परामर्श दिँदा ठीक हुन्छ जस्तो मलाई लाग्दैन । रोजाइ उनीहरुको हो । सबैको एकैखाले इच्छा र चाहना हुँदैन । त्यसैले भाइबहिनीहरुलाई जुन क्षेत्र मन पर्छ, त्यो नै समाउँदा राम्रो उपलब्धि प्राप्त हुन्छ । आफू पनि सन्तुष्ट हुन्छन् । तर जुन क्षेत्र रोजे पनि निरन्तरता नै सफलताको चाबी हो भन्ने कुरा भुल्न हुँदैन ।
तपाईंलाई पहिलो नेपाली महिलाका रुपमा अन्तरिक्ष यात्रामा जाने अवसर मिल्यो भने त्यसका लागि मानसिक रूपमा तयार हुनुहुन्छ ?
यो त सोध्ने कुरा नै होइन जस्तो लाग्छ मलाई त । यसमा अर्को सोचाइ नै आउँदैन । कल्पनामा पनि म अन्तरिक्ष यात्रामा रमाइराखेको हुन्छु ।
तर म नभए पनि कुनै दिन कुनै नेपाली भाइबहिनीले त्यो अवसर पाउनुभयो भने पनि म संसारको सबैभन्दा खुसी व्यक्ति हुन्छु । त्यो सपनालाई अगाडि बढाउन नासोका विभिन्न मञ्चहरु सिर्जना गर्दैछौँ ।
तपाईंको वृत्ति विकास कुन रूपमा भइरहेको छ ?
अरुसँग जति धेरै काम र अन्तर्क्रिया गर्छु त्यति नै आफ्नो जिम्मेवारी बोध भएजस्तो लाग्छ । मैले गरेका कामबारे विभिन्न प्रतिक्रिया अनि सुझाव आउँदा अझ बढी जिम्मेवारी थपिएको आभास हुन्छ । त्यसैगरी हामीमाथि विश्वास गर्नुभएको ग्रुपले गर्नुभएको अपेक्षालाई कम आँक्न सकिन्न । त्यो हेतु म बिस्तारै विज्ञान प्रशिक्षकका रूपमा आफूलाई ढाल्न खोज्दैछु । अझै भनौँ स्टेम एजुकेटरको रुपमा अघि बढ्ने सपना छ । त्यो पथतिरको यात्रालाई सफल पार्न केयूको स्टिम एजुकेसन (साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ, आर्ट्स एण्ड म्याथम्याटिक्स) मा एमफिल गर्दैछु । हेरौँ, अघिबढ्दै जाँदा कहाँसम्म पुगिन्छ ? एउटा नयाँ समाज निर्माणमा योगदान गर्ने सोचाइमा छु ।