प्रहरीले गिरफ्तार गरेलगत्तै झाँक्री भेट्न पुगे योगेश
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका नेता योगेश भट्टराई प्रहरी नियन्त्रणमा रहेकी नेतृ रामकुमारी झाँक्रीलाई भेट्न पुगेका हुन् ।
भट्टराई झाँक्रीलाई भेट्न महानगरीय अपराध माहाशाखा पुगेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । महाशाखाको टोलीले झाँक्रीलाई उनकै घरबाट पक्राउ गरेको हो ।
झाँक्रीमाथि राज्यविरुद्ध कसुर गरेको आरोप सरकारी पक्षको छ । उनलाई पक्राउ गर्नुअघि प्रहरीले पक्राउ पुर्जी थमाएको थियो । झाँक्री पक्राउपछि नेकपाकाका प्रवक्ता नारायणकाजी श्रेष्ठले विज्ञप्ति जारी गर्दै विरोध गरेका छन् । त्यस्तै नेकपाकै नेता जनार्दन शर्मा लगायतले विरोध गरेका छन् । त्यसैगरी नेपाली काँग्रेसका नेता गगन थापाले पनि झाँक्री पक्राउको विरोध गरेका छन् । सामाजिक सञ्जालमा समेत झाँक्री पक्राउ गरेर सरकारले तानाशाही प्रवृति देखाएको भन्दै चर्को विरोध भइरहेको छ ।