बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

हिरासतबाट झाँक्रीले भनिन्, ‘साथीहरु धैर्य गर्नुस् यो अन्तिम लडाइँ हो’

बिहीबार, २९ माघ २०७७, १४ : ४३
बिहीबार, २९ माघ २०७७

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीले ओली सरकारविरुद्धको यो अन्तिम लडाइँ भएको भन्दै धैर्य गर्न नेता–कार्यकर्तालाई आग्रह गरेकी छिन् । 
मिनभवनस्थित महानगरीय अपराध अनुसन्धान विभागको हिरासतमा रहेकी नेतृ झाँक्रीले आफूलाई राज्य विरूद्धको कसुर अन्तर्गत संविधानको धारा ५८ अनुसारको पक्राउ पूर्जी जारी गरी गिरफ्तार गरिएको बताएकी छिन् ।  

उनले त्यहाँबाट आफ्नो फेसबुकमा लेखेकी छिन्, ‘सबै साथीहरूले धैर्य गर्नुहोला । यो अन्तिम लडाइँ हो ।’  
झाँक्रीमाथि राष्ट्रपतिको मर्यादामा आँच पुर्याउने अभिव्यक्ति दिएको आरोप सरकारी पक्षले लगाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप