बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

रामकुमारी पक्राउको प्रचण्ड–नेपाल पक्षद्वारा विरोध, अविलम्ब रिहा गर्न माग

बिहीबार, २९ माघ २०७७, १४ : २३
बिहीबार, २९ माघ २०७७

नेकपा प्रचण्ड–नेपाल पक्षले केन्द्रीय सदस्य रामकुमारी झाँक्री पक्राउको कडा विरोध गरेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले बिहीबार एक विज्ञप्ति जारी गर्दै गिरफ्तारीले वर्तमान सरकारको अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्रलाई उदांगो पारेको उल्लेख गरेका छन् । 

राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा संस्था लोकतन्त्रमा आलोचनाभन्दा माथि हुन नसक्ने उल्लेख गर्दै विज्ञप्तिमा राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसुर देख्नु गम्भीर दृष्टिभ्रम, पूर्वाग्रह र स्वेच्छाचारिताबाहेक अरु केही हुन नसक्ने ठहर गरिएको छ । 

विज्ञप्तिमा पक्राउको निन्दा गदै उनलाई अविलम्ब रिहा गर्न माग गरिएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप