गगन थापाको आक्रोश : प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ?
बिहीबार, २९ माघ २०७७, १४ : १२
काँग्रेस नेता गगन थापाले नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री पक्राउको विरोध गरेका छन् । उनले सरकारले प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोजेको टिप्पणी गर्दै सत्यको पक्षमा बोल्ने मुख कसैको त्रासले बन्द नहुने बताएका छन् ।
‘कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? उहिले महाराजा अहिले राष्ट्रपति !, थापाले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन्, ‘सरकार झ्यालखानाको संख्या थप, किनकि सत्य को पक्षमा बोल्ने मुख तिमीले देखाएको त्रासले बन्द हुँदैन।’
झाँकीलाई बिहीबार प्रहरीले राष्ट्रपतिविरुद्ध अभद्र टिप्पणी गरेको आरोपमा पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा