प्रहरीले रामकुमारी झाँक्रीलाई पक्राउ गर्दा जे देखियो, तस्बिरमा हेर्नुहोस्
नेकपा प्रचण्ड–माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । नेतृ झाँक्रीलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले बानेश्वरस्थित घरबाटै पक्राउ गरेको हो ।
झाँक्रीलाई पक्राउ गर्न प्रहरी पुगेपछि उनको निवासमा भेला भएका नेकपा कार्यकर्ताले चर्को नारावाजी गर्दै प्रदर्शन गरेका थिए ।
‘उनीहरुले प्रतिगमन मुर्दावाद, रामकुमारी झाँक्री हाईहाई’ भन्ने नारा लगाएका थिए । यसअघि झाँक्रीलाई पक्राउ गर्न सरकारले प्रहरीलाई चर्को दबाब दिँदै आएको थियो । झाँक्रीमाथि राष्ट्रपतिको मर्यादामा आँच पुर्याउने अभिव्यक्ति दिएको आरोप सरकारी पक्षले लगाएको छ । पक्राउ पर्नुअघि झाँक्रीले लोकतन्त्रको उपहास भएको प्रतिक्रिया दिइन् । ‘नागरिकले सडकमा विद्रोहको भाषा बोल्न नपाउने भन्ने हुँदैन । तानाशाहहरु ढल्ने बेलामा यस्तै हुन्छ, निभ्ने बेलाको बत्ति जस्तै’ झाँक्रीको भनाई छ ।
प्रहरीले राज्यविरूद्धको कसुर दफा ५८ अनुसार झाँक्रीलाई पक्राउ पुर्जी थमाएको छ ।