प्रियंकालाई अभिनेताको जति पारिश्रमिक मागेपछि सेटबाट लखेट्ने धम्की
![प्रियंकालाई अभिनेताको जति पारिश्रमिक मागेपछि सेटबाट लखेट्ने धम्की](https://rpcdn.ratopati.com/media/albums/priyanka_2_TZDYAyWSAa.jpg)
एजेन्सी । अभिनेत्री प्रियंका चोपडाले आफ्नो अटोबायोग्राफी अनफिनिश्ड लेखेकी छिन् । उनले उक्त किताबमा बलिउडका विषयमा थुप्रै विषयबस्तुको उजागर गरेकी छिन् ।
बलिउडभित्रको पितृसत्ता र फेभरिटिज्मको बारेमा पनि उनले लेखेकी छिन् ।
उनले आफ्नो जीवनीमा स्किम्ड फ्रम द काउचको पोडकास्टको विषयमा पनि लेखेकी छिन् । उनले फिल्मको विषयमा लेखेकी छिन् । उनले फिल्मका को स्टारको विषयमा कुनै पनि जानकारी नदिइ आफ्ना प्रोड्युसर र निर्देशकले बढी पारिश्रमिक मागेको विषयलाई लिएर धम्की दिएको खुलाएकी छिन् ।
उनले निर्देशक र प्रोड्युसरलाई आफ्ना को स्टार अभिनेताको जति पारिश्रमिक माग्दा सेटबाट लेखेट्ने धम्की समेत दिएको बताइन् ।
यति मात्र होइन उनले एउटा फिल्मबाट सजिल्यै अभिनेत्री परिवर्तन हुने गरेको समेत खुलाइन् । उनलाई उक्त सेटमा एउटा चेक दिँदै निर्देशकले भने, 'उनले मलाई चेक दिँदै अभिनेताको भन्दा कम भएको भने । अनि यस्ता केटीहरु यो अवसरका लागि जत्ति पनि भेटिन्छन् । र तपाईँलाई थाहा नहोला फिल्म सेटबाट अभिनेत्री सजिल्यै बदलिन्छन् ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हमासलाई नेतन्याहूको चेतावनी-शनिबारसम्म थप बन्धक रिहा नगरे युद्धविराम समाप्त
-
माइतीघरमा आन्दोलनरत स्वर्गद्वारी गुठी पीडित किसानलाई सरकारद्वारा वार्ताको लागि आह्वान
-
१२ बजे, १२ समाचार : पूर्व राष्ट्रपति भण्डारीलाई बाटो खुल्योदेखि बागमतीका ८ सहकारीको छानविनमा सीआईबीलाई निम्तोसम्म
-
रुकुम पूर्वमा तीन जनाको शव फेला
-
१० बजे १० समाचार : विद्यालाई बाटो खुला, बलात्कार आरोपीलाई उन्मुक्ति
-
ढल्कुबाट लागुऔषध एम्फेटामाइन आइससहित दुईजना पक्राउ