शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सार्वजनिक कार्यक्रममा जबरजस्ती चुम्बन, विवादित बनेका थिए यी अभिनेत्री

बिहीबार, २९ माघ २०७७, ०९ : ४९
बिहीबार, २९ माघ २०७७

एजेन्सी । बलिउड उद्योग ग्ल्यामरस र फेशनको लागि निकै चर्चित छ । तर, कहिलेकाँही बलिउडका अभिनेत्रीमाथि सार्वजनिक स्थलमा विभिन्न क्रियाकलाप हुने गर्छन् जसको कारण उनीहरु निकै विवादमा तानिन्छन् । साथै, कहिलेकाँही सेलिब्रेटीका केही क्रियाकलाप क्यामेरामा रेकर्ड हुन्छन् जसले उनीहरुमाथि प्रश्न पनि उठ्ने गर्छन् । 

सन् २००७ मा हलिउड अभिनेता रिचर्ड जयपुरमा एक कार्यक्रमका लागि आएका थिए । उक्त कार्यक्रममा शिल्पा शेट्टी पनि उपस्थित थिइन् । यी दुवै जब स्टेजमा गए । रिचर्डले शिल्पालाई चुम्बन गरे तर उनले शिल्पालाई जबरजस्ती समाचार उनको घाँटीतिर पनि चुम्बन गरे । उक्त भिडियो निकै भाइरल भयो । शिल्पाको पुत्ला पनि जलाइएको थियो । 

शिल्पा शेट्टीसँग जोडिएको अर्को विवादित चुम्बनको दृश्य थियो एक साधुसँगको । साधुले शिल्पालाई सार्वजनिक स्थलमा नै चुम्बन गरे । जुन तस्बिरको निकै आलोचना भएको थियो । 

दीपिका पादुकोण पनि यस्तो विवादमा तानिएकी थिइन् । आईपीएल म्याचको समयमा विजय माल्याका छोरा सिद्धार्थ माल्याले दीपिकालाई चुम्बन गरे । यो दृश्य क्यामेरामा कैद भयो । दीपिका यो दृश्यबाट निकै आश्चर्यमा परिन् । 

मिका सिंहको जन्मदिनको पार्टीमा उनले राखी सावन्तलाई जबरजस्ती चुम्बन गरे । मिकाले चुम्बन गरेको दृश्य पनि भाइरल भयो । 

भारतमा भएको फुटबल खेलमा चर्चित फुटबलर रोनाल्डोले खुलेआम बिपाशा बसुलाई चुम्बन गरेको दृश्य निकै चर्चामा आयो । 

चुम्बनको दृश्यका कारण यी माथिका अभिनेत्री मात्र होइन चर्चित अभिनेत्री रेखा पनि चर्चामा आइन् । उनले एउटा सार्वजनिक कार्यक्रममा ऋतिक रोशनलाई चुम्बन गरेको दृश्य पनि निकै भाइरल भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप