स्वास्थ्य सरोकार

कोरोनाभन्दा सयौँ गुणा घातक रेबिज : बेवास्ता कहिलेसम्म ?

भ्याक्सिन सर्वसुलभ हुँदा हुँदै पनि मानिसले कहिलेसम्म मृत्युवरण गरिरहनु पर्ने हो ?

person explore access_timeमाघ २९, २०७७ chat_bubble_outline0

 

 

 

 केही  दिनदेखि  हामी कोरोनाको आक्रमकताबाट  अलिकति भए पनि  आरामको सास  फेर्दैछौं। यसको अर्थ जोखिम पूर्णरुपमा हटिसकेको भन्न खोजिएको  होइन। हाल पनि दैनिक केही सय संक्रमितको संख्या देखिने क्रम जारी छ ।विश्वभरी  कोरोना भाइरसमा आइरहेको  उतारचढाव, नयाँ नयाँ भेरिएन्टको प्रादुर्भाव भइरहेको बेला  र सोही समयमा  नेपालको वर्तमान राजनीतिक परिस्थितिले गर्दा थुप्रै मानिस भेला हुने  सभा- सम्मेलन - विरोध, नारा,जुलुस गर्ने क्रम बढ्दै जाँदा नेपालमा पनि कोरोनाको हुन सक्ने थप जोखिम यथावत नै छ,भनौं झन थप बढेको छ।

कोरोनाले वर्षभरी प्रभाव पारिराख्दा विभिन्न खाले अन्य  संक्रामक रोगहरु लगभग देखिएनन् ।यसका  पछाडि विभिन्न कारण होलान्।  तर यसै समय क्रममा  एउटा कोरोनाभन्दा पनि सयौ गुणा घातक रोग भने नेपालमा देखिनै रहयो। त्यो थियो/हो रेबिज रोग। गएको एक महिनामा दुई फरक ठाउँबाट रेबिज रोग लागेका केस म कार्यरत अस्पतालमा आए ।

गाउँघरमा कुकुर बिहान बेलुकी घरमा बस्ने भए तापनि दिनभरी कहाँ जान्छ/के गर्छ भन्ने जानकारी सबैले राख्ने गर्दैन र त्यो त्यति व्यवहारिक पनि देखिँदैन। यस पंक्तिकारले गरेको वर्षौंको अवलोकन, अनुसन्धानमा पनि रेबिज रोग हुनुमा घरपालुवा तर घर बाहिर गइरहने कुकुरको टोकाइ दोश्रो ठुलो कारण हुने गरेको पाएको थियो।

केही  दिन अगाडि एक दम्पति आफ्नो १२ बर्षीय छोरालाई उपचार गराउन अस्पताल आइपुगेका थिए । उसलाई कार्तिक महिनाको अन्तिम हप्तामा रेबिज लागेको कुकुरले टोकेको रहेछ। झनै ध्यानयोग्य कुरा के भने, त्यो टोक्ने कुकुर उनीहरुले आफैले पालेको कुकुर थियो।  अविभावकको भनाइ अनुसार सो कुकुर दिनमा गाउँघर डुल्ने गर्दो रहेछ। गाउँघरमा कुकुर बिहान बेलुकी घरमा बस्ने भए तापनि दिनभरी कहाँ जान्छ/के गर्छ भन्ने जानकारी सबैले राख्ने गर्दैन र त्यो त्यति व्यवहारिक पनि देखिँदैन। यस पंक्तिकारले गरेको वर्षौंको अवलोकन, अनुसन्धानमा पनि रेबिज रोग हुनुमा घरपालुवा तर घर बाहिर गइरहने कुकुरको टोकाइ दोश्रो ठुलो कारण हुने गरेको पाएको थियो।

परामर्शको लागि बिरामीको अविभावकलाई भेट्न खोजें।बुवा कतै कोहीसंग सम्पर्कमा व्यस्त रहँदै गर्दा बिरामीको आमालाई रोगको बारे, उनको छोरामा भएको संक्रमणको अवस्था र रोग लागिसकेपछिको हुन सक्ने  भवितव्यका  बारेमा बुझाउने हिम्मत जुटाउन खोजे।लामो समय देखि रेबिज लागेको बिरामी र उसबाट  उसको परिवारलाई पनि संक्रमण  लागि सकेपछिको हुने अवश्यसम्भावी  तीतो सत्य बुझाउन खोज्दा त्यो बेलाको माहोल कस्तो हुन्छ भन्ने संज्ञान  पंक्तिकारले लामो समयदेखि अनुभव  गर्दै आइरहेको कुरा हो । रेबिज रोगका  लक्षणहरु देखा परिसकेपछि प्रायः मृत्यु निश्चित हुन्छ।

म यस्ता केसमा परामर्श दिँदा दुइ मुख्य कुरामा विशेष केन्द्रित हुने गर्दछु। पहिलो  रेबिज विरुद्धको भ्याक्सिन सहज र नि:शुल्क उपलब्ध हुँदा  हुँदै  पनि सामान्यजन कहाँ र किन चुकिरहेका छन् ? र, दोश्रो रेबिजग्रस्त  बिरामीको अविभावक वा आफन्तलाई हुनसक्ने आघात र भावविव्हल   परिस्थिति सम्हाल्दै/सहज बनाउँदै बिरामीको अवस्था र हुनेवाला भवितव्य बारेमा कसरी परामर्श दिने/बुझाउन सकिन्छ भन्ने हुन्छ, जुन जो कोहीका  लागि सबैभन्दा चुनौतीको क्षण हुने गर्दछ।

https://travelhealthpro.org.uk

बौलाहा कुकुरले टोकेपछि देखिने मुख्य लक्षणहरु जस्तै हावा र पानीदेखि डराउने लक्षण त्यस बालकमा प्रष्ट नै देखा परिसकेका थिए । बालकले घरीघरी आमासँग अङ्कमाल गरिरहेको दृश्य नै सबैभन्दा बढी हृदयविदारक थियो । बालकको रोगजन्य अवस्था र  केही  दिन पछि हुनसक्ने भवितव्य  (मृत्यु) का बारेमा सूचित  गर्दा ममतामयी  आमाका  आँखा  आँसुले भरिएका  प्रष्टै देखियो ।

 के ले, कहिले र कहाँ टोकेको प्रश्नहरुबाट मैले आफ्नो काम  शुरु गरें। मलाई  बालकको हातमा मात्र कुकुरले टोकेको जानकारी दिइयो। तर मेरो वर्षौको व्यक्तिगत र पेशागत  अनुभवका आधारमा मलाई छर्लङ्ग थाहा छ,  हात - खुट्टामा रेबिज संक्रमित जनावरले टोकेपछि औसतमा छ देखि आठ महिनामा रेबिजका लक्षणहरु देखापर्ने  गर्छन्। तसर्थ यस बालकमा यति छिटो रेबिजका  लक्षण देखिँदा मलाई हातमा मात्रै कुकुरले टोकेको कुरामा पत्यार लागेन। कुकुरले बालकलाई अन्य ठाउँमा पनि टोकेको हुनु पर्छ भन्ने आफ्नो चिकित्सकीय अनुमानका आधारमा मैले थप खोजी नीति गरें। मेरो अनुमान सही साबित भयो । सो बालकको अनुहारमा पनि उक्त  बहुला कुकुरले टोकेर घाउ बनाएको रहेछ।

बौलाहा कुकुरले टोकेपछि देखिने मुख्य लक्षणहरु जस्तै हावा र पानीदेखि डराउने लक्षण त्यस बालकमा प्रष्ट नै देखा परिसकेका थिए । बालकले घरीघरी आमासँग अङ्कमाल गरिरहेको दृश्य नै सबैभन्दा बढी हृदयविदारक थियो । बालकको रोगजन्य अवस्था र  केही  दिन पछि हुनसक्ने भवितव्य  (मृत्यु) का बारेमा सूचित  गर्दा ममतामयी  आमाका  आँखा  आँसुले भरिएका  प्रष्टै देखियो ।आमाले आफ्नो प्राणभन्दा प्यारो एकमात्र सन्तानको बारेमा यस्तो असहनीय कुरा सुन्न सक्ने कल्पना पनि कसरी गर्नु ? ती आमाको असहनीय वेदनाले मेरा  आँखा  पनि कुन कतिबेला रसाउन पुगे, केही पत्तै पाइएन।

वर्षौंदेखि रेबिजको बिरामी हेर्दै गर्दा यस्ता   भावुक  क्षणहरु जीवनमा धेरै पटक अनुभव  गर्नु पर्‍यो । शायद म स्वयम् पनि भावुक चरित्रको भएकोले पनि यस्तो हुने गर्छ  होला ।यस्तो अवस्थामा आफूले आफैलाई मनका आँखाले टुलुटुलु हेर्दै परामर्श दिने  बाहेक अर्को कुनै उपाय र  विकल्प नहुँदा साह्रै  खिन्नता अनुभव हुने गर्दछ।

अरु केही गर्न नसके पनि रेबिज रोग नै नलागोस् वा बौलाहा जनावरले टोकिहाले पनि जतिसक्दो चाँडो रेबिज विरुद्धको भ्याक्सिन लगाउनु होस भनेर रेबिजसम्बन्धी जनचेतनामुलक लेख समय अन्तरालमा लेख्दै आइरहेको छु। तर यसले व्यापकता  भने पाउन सकिरहेको  छैन। रेबिज रोगको बारेमा जनचेतना फैलाउने दिशामा नीति -निर्माताहरुको ध्यान नगएकाले यो विषय नै छायामा परेको देखिन्छ।

यस सम्बन्धमा अरु केही गर्न नसके पनि रेबिज रोग नै नलागोस् वा बौलाहा जनावरले टोकिहाले पनि जतिसक्दो चाँडो रेबिज विरुद्धको भ्याक्सिन लगाउनु होस भनेर रेबिजसम्बन्धी जनचेतनामुलक लेख समय अन्तरालमा लेख्दै आइरहेको छु। तर यसले व्यापकता  भने पाउन सकिरहेको  छैन। रेबिज रोगको बारेमा जनचेतना फैलाउने दिशामा नीति -निर्माताहरुको ध्यान नगएकाले यो विषय नै छायामा परेको देखिन्छ।यस पंक्तिकारले हालसम्म देखेअनुसार जनावरले टोकेका बिरामीहरु स्वयंमले पनि यो रोगलाई बेवास्ता गरेर रेबिज लागेको प्रशस्त घटनाहरु छन्। भ्याक्सिनबारेमा थाहा भएपनि नलगाउने र घाउ सानो छ भनेर बेवास्ता गर्दा झन्डै बीस प्रतिशत जतिको रेबिजको कारणले मृत्यु हुने गरेको पंक्तिकारको अनुसन्धानबाट देखिएको थियो।

यो १२ बर्षीय बालकलाई पनि कुकुरले टोक्ने बित्तिकै स्वास्थ चौकी गएको तर  त्यहाँबाट कुकुर दस  दिनभित्र मरे भ्याक्सिन लगाउने  सल्लाह पाएका रहेछन। तर उनीहरु घर फर्किदा अन्य व्यक्तिले कुकुरलाई मारिसकेका  रहेछन । फेरि स्वास्थ्य चौकीमा पनि   जति सक्दो चाँडो भ्याक्सिन लाउने सल्लाह भने दिएको पाइएन  । रेबिज विरुद्ध सही  परामर्श नदिँदा/चुक्दा मृत्यु हुने विशेषतः  गाउघरमा नै हो। शहरभित्र जनावरले टोक्दा सामान्यतय एक दुइ पछि नै निजी  वा सरकारी अस्पतालमा गएर भएपनि रेबिज बिरुद्धको भ्याक्सिन लगाउने गरेको पाइन्छ । तसर्थ रेबिज विरुद्धको सही  परामर्श गाउघरमा प्रचार गर्नु अति आवश्यक रहेको देखिन्छ ।

गाउँघरमा प्रायः कुनै जानवरले टोक्दा त्यहाँका स्थानीयहरु  सबैभन्दा पहिला  स्थानीय औषधी पसलमा पुग्ने र उनीहरुको परामर्शलाई नै बढी विश्वास गर्ने भएकोले गाउघरमा औषधी पसल खोल्ने अथवा त्यहाँ रहेका  औषधी प्रदायकहरुलाई रेबिज रोगको बारेमा उचित तालिम दिन अति आवश्यक देखिन्छ ।यसो गर्न सके आगामी दिनहरुमा भ्याक्सिनबाट सहजै रक्षा गर्न सकिने  रेबिजबाट सयौंको ज्यान बचाउन सकिनेछ।

गाउँघरमा प्रायः कुनै जानवरले टोक्दा त्यहाँका स्थानीयहरु  सबैभन्दा पहिला  स्थानीय औषधी पसलमा पुग्ने र उनीहरुको परामर्शलाई नै बढी विश्वास गर्ने भएकोले गाउघरमा औषधी पसल खोल्ने अथवा त्यहाँ रहेका  औषधी प्रदायकहरुलाई रेबिज रोगको बारेमा उचित तालिम दिन अति आवश्यक देखिन्छ ।

लामो तर कठिन परामर्श पछि उहाँहरु गाउँ फर्कने निर्णयमा पुग्नु भयो। कतिपयले यसको उपचारमा विशेष औषधी नहुने भन्ने थाहा पाएपछि आफ्नै गाउँ फर्कने निधोमा पुग्ने गर्दछन्। तर यस पंक्तिकारको मस्तिष्कमा भने अनेकन प्रश्नहरुको बाढी ओहिरिने क्रमले भने निरन्तरता  पाई नै रहयो। के नेपालमा रेबिज विरुध्दको भ्याक्सिन सर्वसुलभ हुँदा हुँदै  पनि मानिस ले मृत्युवरण गरिरहनु पर्ने हो ? र यस्तो क्रम कहिलेसम्म चलिरहन्छ ? किन नेपालको रेबिज रोगको निर्देशिका बनाउँदा  देखिएका तमाम कमी–कमजोरीहरु पत्ता लगाएर त्यसको आधारमा विकास  र समाधानको बाटो किन अवलम्बन गरिदैन?  किन स्वयम् घाइतेहरुले रेबिज भ्याक्सिनको बेवास्ता गर्दै आइरहेका होलान्? के नेपालले सन् २०३० सम्ममा विश्व स्वास्थ संगठनले आह्वान गरे झैँ बौलाहा कुकुरबाट सर्ने रेबिज बिरामीको संख्यालाई शुन्यमा झार्न सम्भव  होला?

लेखक शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा क्लिनिकल रिसर्च युनिटका संयोजक हुनुहुन्छ । Dog biting Photo in Homepage: https://theclarklawoffice.com

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।