अष्ट्रेलिया र न्युजिल्याण्ड बीचको टापुमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

एजेन्सी । दक्षिणी प्रशान्त सागरको न्यू क्यालेडोनिया टापुमा शक्तिशाली भूकम्प गएको छ । बुधबार साँझ सो टापुमा ७.७ रेक्टर स्केलको भूकम्प गएको हो । सो टापूमा भूकम्प गएसँगै अष्ट्रेलिया, न्युजिल्याण्ड र फिजीमा सुनामी आउने खतरा रहेको भन्दै सतर्क रहन आह्वान गरिएको छ । सुनामी वार्निङ सेन्टरका अनुसार भूकम्प गएलगत्तै प्रशान्त महासागरमा ३ फिट अग्लो छाल मडारिएको छ ।
यो अष्ट्रेलिया र न्युजिल्याण्ड बीचमा पर्ने निकै सुन्दर समुद्री टापु हो । फ्रान्समा पर्ने यस टापुमा ३ लाख जनसंख्या रहेको छ । यसले न्युजील्यान्ड, फिजी र भानुआटुलाई बढी जोखिममा पार्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । यसअघि पनि शक्तिशाली भूकम्पका झड्का गइरहने भएका कारण यो क्षेत्रलाई खतराको सूचीमा राखिएको छ ।
अमेरिकी भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु क्यालेडोनियाबाट ४१५ किलोमिटर टाढा रहेको समुद्रको १० किलोमिटर गहिराईमा परेको छ । न्युजिल्यान्ड भानुआटु र अन्य प्रशान्त महासागरीय टापुहरु सँधै भूकम्पको शिकार हुने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली सेनामा काम गर्ने प्रथम नेपाली महिला ज्ञानी शाह को हुन् ?
-
‘२०८२ साल जेठको १५ गते गणतन्त्रको अन्त्य हुन्छ’
-
धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैन : अध्यक्ष प्रचण्ड
-
प्रसिद्धको शानदार बलिङबिच दिल्लीद्वारा २ सय ४ रनको लक्ष्य प्रस्तुत
-
ट्रम्पलाई अदालतको झट्का : दुई भेनेजुएली नागिरकको देश निकालामा अस्थायी रोक
-
संक्रमणकालीन न्यायाबारे शीर्ष तीन दलबिच छलफल