विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्यामा १७ प्रतिशतले कमी आयो
बुधबार, २८ माघ २०७७, २३ : ००

एजेन्सी । कोरोनाभाइरसबाट विश्वभरी सङ्क्रमित भएकाहरुको सङ्ख्यामा १७ प्रतिशतले कमी आएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले दिएको जानकारीअनुसार पछिल्लो हप्ताको विवरणमा सङ्क्रमितको सङ्ख्या घट्दै गएको देखिएको हो ।
पछिल्लो हप्तामा ३१ लाख नयाँ सङ्क्रमित भेटिएको डब्लूएचओले जनाएको विवरण सीएनएनले सार्वजनिक गरेको छ । यो सङ्ख्या अघिल्लो हप्ताको तुलनामा १७ प्रतिशत कम भएको उनीहरुको भनाइ छ । झण्डै १५ हप्ता अगाडि गत अक्टोबरपछिको सबैभन्दा कम सङ्क्रमित अहिले नै भएको तथ्याङ्कमा उल्लेख छ ।
अमेरिकी तथा युरोपेली मुलुकसँगै अफ्रिकी मुलुकहरुमा पनि सङ्क्रमितहरुको सङ्ख्यामा कमी हुँदै गएको डब्लूएचओले जनाएको छ । त्यसैगरी पछिल्लो एक हप्तामा विश्वभरी ८८ हजारभन्दा बढीको मृत्यु भएको छ । यो सङ्ख्या पनि अघिल्लो हप्ताको तुलनामा १० प्रतिशत कम हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बारमा कांग्रेस–एमाले गठबन्धनको क्लिनस्विप, अध्यक्षमा मिश्र, महासचिवमा कोइराला
-
सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो ?
-
घण्टेश्वर सेती महाकाली क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी
-
सरकारले जग्गा प्राप्तिसम्बन्धी ऐन संशोधन गर्न माग्यो सुझाव
-
प्रचण्डको किताब सीपीसीलाई उपहार
-
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाए दीपेन्द्रसिंह ऐरीले