आज ४ सय ९ जनाले लगाए कोरोना विरुद्धको खोप
बुधबार, २८ माघ २०७७, १९ : १८

काठमाडौं । आज ४ सय ९ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । पत्रकार तथा कूटनीतिक नियोगका कर्मचारीसहित ४ सय ९ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका हुन् । जसमा २ सय ६९ पत्रकार र १ सय ४० जना कुटनीतिक नियोगका कर्मचारी सहभागी थिए ।
सिभिल अस्पतालमा २ सय ६९ जना पत्रकारले खोप लगाएका छन् भने त्रिवि शिक्षण अस्पतालमा १ सय ४० जना कुटनीतिक नियोग तथा दूतावासका कर्मचारीले खोप लगाएका छन् । त्यस्तै युएन एजेन्सीका लागि तोकिएको पाटन अस्पतालमा तीन दिनको अवधिमा ११ जनाले मात्रै खोप लगाएका छन् ।
यसअघि सोमबार र मंगलबार क्रमशः २ सय २६ र ३ सय २० जना पत्रकारले खोप लगाएका थिए । सरकारले सोमबारबाट पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई खोप लगाउन सुरु गरेको हो । खोप कार्यक्रम शुक्रबारसम्म सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ