बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

म्यान्मार प्रदर्शन– जनताको साथमा छौं भन्दै प्रहरी पनि आन्दोलनमा

बुधबार, २८ माघ २०७७, १७ : ३१
बुधबार, २८ माघ २०७७

काठमाडौं । म्यानमारमा सैनिक ‘कू’ विरुद्ध प्रदर्शनमा उत्रने सरकारी कर्मचारीहरुको संख्या बढ्दै गएको छ ।  गत साता अङ सान सुकीको जननिर्वाचित सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता आफ्नो हातमा लिएको थियो ।  त्यसयता ठूला समारोहमा प्रतिबन्ध तथा रातको समय कफ्र्यु लगाइए पनि दशौंं हजार आन्दोलनकारी अहिले सडकमा छन् ।

सडकमा आन्दोलनकारीसँग सरकारी कर्मचारी समेत देखिएका छन् । बुधबार पाँचौ दिन पनि आन्दोलनकारीहरुले राजधानी नेपिडोमा प्रदर्शन गरेका छन् । बुधबार पूर्वी कायाह राज्यमा दर्जनौं पुलिस अधिकारीहरु ‘हामी निरङकुशता चाहादैंनौं, जनताको साथमा छौं’ लगायत नारा लेखिएका पोस्टर बोकेर सडकमा उत्रिए । आन्दोलनलाई प्रत्यक्ष नियालेका एक व्यक्तिले बीबीसीलाई दिएको जानकारीअनुसार ४० जनाभन्दा धेरै प्रहरी अफिसर यो आन्दोलनमा उपस्थित थिए । अर्का एक प्रत्यक्षदर्शीकाअनुसार केही प्रहरी अधिकारीहरु पक्राउ पनि परेका थिए । 

घाइतेको अवस्था गम्भिर 
प्रदर्शनका क्रममा मंगलबार राजधानी नेपिडोमा प्रहरीको गोली लागेर घाइते भएकी महिलाको अवस्था चिन्ताजनक छ ।  उनको टाउकोमा गोली लागेको थियो । प्रदर्शनकारीलाई तितर–वितर पार्न प्रहरीले पहिले पानीको फोहरा र रबर बुलेट चलाएपनि प्रदर्शन नरोकिएपछि गोली चलाएको थियो । प्रहरीले आन्दोलनमा बल प्रयोग बढाएपनि अहिलेसम्म कसैको मृत्यु भने भएको छैन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप