बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसलाई प्रचण्डको आग्रह : केपीको निरंकुशता परास्त गर्ने अवसर हो

बुधबार, २८ माघ २०७७, १७ : १२
बुधबार, २८ माघ २०७७

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीको निरंकुशता परास्त गर्ने आन्दोनलमा आउन खुट्टा नकमाउन आग्रह गरेका छन् । प्रधानमन्त्री केपी ओलीको प्रतिगामी, अलोकतान्त्रिक र असंवैधानिक कदमको विरोधमा बुधबार काठमाडौमा आयोजित विशाल सभालाई सम्बोधन गर्दै प्रचण्डले काँग्रेसलाई यस्तो आग्रह गरेका हुन् ।  

‘लोकतान्त्रिक आन्दोनलको नेताको छवि बनाएको नेपाली काँग्रेस र संघीय लोकतान्त्रिक गणतन्त्रको छवि बनाएको जनता समाजवादी लगायतका पार्टीहरु अव कुनै भ्रममा पर्न आवश्यक छैन’ प्रचण्डले भने, ‘कन्फ्युजन पनि हुन पर्दैन हामी सवैले भनेकै छौँ । शान्ति सम्झौताको हस्ताक्षर गिरिजाप्रसाद कोइरालाले गर्नुभएको हो र, संविधान सभाबाट पहिलो संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गर्ने काम पनि प्रधानमन्त्रीको रुपमा गिरिजाप्रसाद कोइरालाले गरेको हो ।’

प्रचण्डले संयुक्त आन्दोलन गर्नेबारेमा काँग्रेसले अनिच्छा देखाएको प्रति संकेत गर्दै नेपाली काँग्रेसका सवै नेता कार्यकर्ताले काँग्रेस नेताहरुले गरेको योगदानको स्मरण गर्न आग्रह गरे । ‘काँग्रेस नेता कार्यकर्ताले पनि सम्झनु भएकै होला यो कुरा । अनि यही संविधान हो, जुन संविधानले प्रधानमनत्रीलाई विशेषअधिकार दिनु हुदैन भनेर बनाइयो त्यो संविधान बनाउने बेलामा पनि काँग्रेसकै नेता सुशील कोइराला हुनुहुन्थ्यो’, प्रचण्डको भनाइ छ ।  उनले काँग्रेसजनले तपाइँहरुले बडो चलाखीका साथ सुशील कोइरालालाई ‘फादर अफ कन्ट्च्यिुसन’ भनेको भन्दै ‘अहिले गिरीजाबाबु पनि हुनुहुन्न, सुशील पनि हुनुहुन्न, अहिले शेरबहादुरजी हुनुहुन्छ । तपाईं शान्ति सम्झौता गर्ने, संविधानसभा गर्ने, संविधान निर्माणमा तपाईं पनि नेता’ भएको बताए । 

‘यसको घात हुँदाखेरी त्यो लोकतान्त्रिक पार्टीले अव संयुक्त आन्दोलन गर्ने, केपीको निरंकुशतालाई सदाका लागि परास्त गर्ने र देशमा लोकतन्त्र खतरामा छैन भनेर पुष्टि गर्ने बेला काँग्रेसलाई यो अवसर हो’, प्रचण्डको भनाइ छ ।  उनले नेपाली काँग्रेसका नेता कार्यकर्तालाई अपिल गर्दै यो अवसर गुम्न नदिन आग्रह पनि गरे । ‘हामी तपाइहरुसँग हातेमालो गर्न तयार छौ’प्रचण्डको भनाई छ । उनले लोकतन्त्र, संविधान र गणतन्त्रका निम्ती छिमेकी देशहरुलाई पनि लोकतान्त्रिक आन्दोलनको पक्षमा सद्भाव राख्न अपिल गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप