बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीलाई प्रधानमन्त्रीको कुर्सीमा बस्ने एक मिनेट पनि अधिकार छैनः नारायणकाजी श्रेष्ठ (भिडियो)

बुधबार, २८ माघ २०७७, १५ : ३६
बुधबार, २८ माघ २०७७

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीलाई एक मिनेट पनि प्रधानमनत्रीको कुर्सीमा बस्ने अधिकार नभएको बताएका छन् ।  बुधबार ओलीको प्रतिगामी कदमविरुद्ध आयोजित विरोधसभालाई सम्बोधन गर्दै श्रेष्ठले सो कुरा बताएका हुन् । उनले तीन वटा लक्ष्य र एउटा मुख्य उदेश्यका साथ घोषणा गरिएको भन्दै प्रतिनिधि सभा विघटन, संवैधानिक निकायमा जर्वजस्ती नियुक्ति प्रमुख लक्ष्य रहेको बताए । 

‘पुस ५ गते गरेको प्रतिनिधि सभा विघटन गरेकाले त्यसलाई सुचारु गर्नु र प्रतिगामी कदमलाई असफल पार्न, दोस्रो संवैधानिक परिषदको अवैधानिक बैठबाट नियुक्तिलाई असफल पार्न हामीले संघर्ष गरेका हौ’ श्रेष्ठको भनाई छ । उनले संविधान र संघीय लोकतान्त्रिक व्यवस्थालाई बचाउन पनि आन्दोलन जरुरी भएको बताए । 

उनले लोकतन्त्रलाई हत्या गर्न ओलीले चुनावको कुरा गरेको भन्दै संविधानविरोधी चुनावलाई धज्जी उडाइने बताए । नारायणहिटी अगाडि ओलीले लोकतन्त्रको रक्षा गर्ने भनेर दिएको अभिव्यक्तिलाई फाँसीवादको संज्ञा पनि दिए ।  ‘विकासको नारा दिएर संविधानलाई उपहास गरेर, संविधानको उपधारामा कालोमसी लगाएर नयाा तरिकाले फाँसीवादको अभ्यास गर्दैछन् । फाँसीवादको असफलता सुनिश्चित छ’ प्रवक्ता श्रेष्ठको भनाई छ ।

उनले ओलीको फाँसीवादविरुद्ध संयुक्त संघर्ष आवश्यक भएपनि अहिले सिंगो देश आन्दोलनमय भएको र एकीकृत आन्दोलन भइरहेको जनाए । नेपाली जनताले सामाजिक आर्थिक सम्बृद्धिको अपेक्षा गरेपनि गत निर्वाचनमा जनताले जनादेश दिएर सरकार बनेपनि निरंकुश, पदलोलुप ओलीलाई पार्टी र सरकारको नेतृत्वमा पुर्याएकाले सम्बृद्धिको प्रतिवद्धता पुरा गर्न नसकेकोमा आफ्नो तर्फबाट गल्ति भएको स्वीकार गरे ।

‘प्रतिनिधिसभा पुनःस्थापना भएमा हामी भनसुन र घुसखोरीका दिन अन्त्य भएको घोषणा गर्नेछौ । खल्तीबाट होइन, मामौजीबाट होइन, देशभक्त र योग्यलाई जिम्मेवारी दिने प्रणालीको विकास गर्नेछौं ।’ उनले दलित, महिलालगायत उत्पीडनमा परेकाहरुलाई प्राथमिकता दिँदै समाजवादउन्मुख राज्य व्यवस्थाको विकास गर्ने बताए । श्रेष्ठले ओली एउटा गुटको अध्यक्षमा सिमित रहेको टिप्पणी गरे

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप