ओली कमजोर भएपछि पशुपति धाउन थालेः रघुजी पन्त (भिडियो)
नेकपा प्रचण्ड–माधव पक्षका स्थायी समिति सदस्य रघुजी पन्तले प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई हरेक कुरामा ढाँट्ने गरेको आरोप लगाएका छन् ।
बुधबार काठमाडौमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता पन्तले ओली आलोचना गर्दा केपी क्वाँक्वाँ रोएको समेत बताए ।
ओलीलाई प्रश्न गर्दै उनले भने, ‘अस्ति नारायणहिटी गेटमा उभिएर मैले जति विकास कसैले गरेको छैन भन्नुभयो । काम गर्न खोज्दा प्रचण्ड र माधव नेपालले हात खुट्टा बाँधेर काम गर्न दिएनन् भन्ने कुरा पनि गर्नुभयो । कुन साँचो हो ?’ काम पनि धेरै गरेँ भन्ने गर्न दिएनन पनि भन्ने ? भन्दै उनले ओली कमजोर भएपछि पशुपति धाउन थालेको भन्दै पशुपतिले राजा वीरेन्द्रको परिवार समेत नजोगाएको स्मरण गराए । उनले ओलीलाई पशुपतिले नभइ जनताले मात्रै जोगाउन सक्ने बताए ।
नेता पन्तले नयाँ र क्रान्तिकारी पार्टी बनाउन सवैले खरो उत्रनुको विकल्प नभएको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण