बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

ओली कमजोर भएपछि पशुपति धाउन थालेः रघुजी पन्त (भिडियो)

बुधबार, २८ माघ २०७७, १५ : ३०
बुधबार, २८ माघ २०७७

नेकपा प्रचण्ड–माधव पक्षका स्थायी समिति सदस्य रघुजी पन्तले प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई हरेक कुरामा ढाँट्ने गरेको आरोप लगाएका छन् । 
बुधबार काठमाडौमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता पन्तले ओली आलोचना गर्दा केपी क्वाँक्वाँ रोएको समेत बताए । 

ओलीलाई प्रश्न गर्दै उनले भने, ‘अस्ति नारायणहिटी गेटमा उभिएर मैले जति विकास कसैले गरेको छैन भन्नुभयो । काम गर्न खोज्दा प्रचण्ड र माधव नेपालले हात खुट्टा बाँधेर काम गर्न दिएनन् भन्ने कुरा पनि गर्नुभयो । कुन साँचो हो ?’ काम पनि धेरै गरेँ भन्ने गर्न दिएनन पनि भन्ने ? भन्दै उनले ओली कमजोर भएपछि पशुपति धाउन थालेको भन्दै पशुपतिले राजा वीरेन्द्रको परिवार समेत नजोगाएको स्मरण गराए । उनले ओलीलाई पशुपतिले नभइ जनताले मात्रै जोगाउन सक्ने बताए । 

नेता पन्तले नयाँ र क्रान्तिकारी पार्टी बनाउन सवैले खरो उत्रनुको विकल्प नभएको समेत बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप